एकिकृत समाजवादीका नवगठित रामेछापका पदादिकारीले सपथ खाए (फोटोफिचर)
फाइल फोटो मिलन घिमिरे/रामेछाप टाइम्स
९ असोज, रामेछाप । एकिकृत समाजवादी पार्टीका नवगठित पदादिकारीले सपथ खाएका छन् । उनीहरुलाई केन्द्रिय सदस्य केदार न्यौपानेले सपथ खुवाएका हुन् ।
शनिबार सदरमुकाम मन्थलीमा भएको वृहत जिल्ला कमिटी भेलाले रमेश बस्नेतको अध्यक्षतामा २९१ सदस्यीय समिति गठन गरेको हो । सो पदादिकारीहरुले शनिबारै सपथ खाएका हुन् ।
सो अवसरमा उनीहरुलाई जिल्लामा संगठन विस्तार गरि कम्युनिष्ट आन्दोलनमा संक्रिय बनेर लाग्न समेत केन्द्रिय सदस्य न्यौपानेले निर्देशन दिए ।
एसले शनिबारै जिल्लामा पार्टी कार्यालय समेत संचालनमा ल्याएको छ ।
फोटो मिलन घिमिरे/रामेछाप टाइम्स