सुनापतिमा बाेलेराे दुर्घटनाः कांग्रेस उपसभापति सहित ५ घाइते,२ लाई काठमाडौ लगियाे

| असोज ९, २०७८ शनिबार

संकेतिक फोटो फाइल
A A A
A A A

९ असाेज, रामेछाप ।  रामेछापको सुनापती गाउपालिकामा नेपाली कांग्रेसका उपसभापति लगाएत नेपाली कांग्रेसका नेता तथा कार्यकता सवार सुमो दुर्घटनामा परेकाे छ । 

 

काडमाडाैंबाट सुनापति तर्फ आइरहेको प्रदेश नं ३-०१२४ च १४४० नम्बरको डबलक्याब बाेलेराे दुर्घटनामा परेकाे जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी श्रीशंकर श्रेष्ठले रामेछाप टाइम्सलाई जानकारी दिए । 

ताजा जानकारी अनुसार दुर्घटनामा ५ जना घाइते भएका छन् । दुई जना अरुकाे तुलनामा गम्भीर देखिएकाले काठमाडौं लगिएको छ । 

उनीहरुलाई उद्धार गरि उपचारको लागि केएसशि मेडिकल लगिदै गरेकाे बताईकाे श्रेष्ठले बताए  । घाइतेहरुकाे परिचय खुलाइएको छैन ।

 

दुर्घटनामा कांग्रेस जिल्ला उपसभापति जितेन्द्र माेक्तान समेत परेकाे स्राेतले बताएको छ । यद्यपि पुष्टि हुन बाँकि छ । 


घटनाको बारेमा थप जानकारी आउन बाँकि  छ ।