अपडेटः सुनापतिमा बोलेरो दुर्घटनामा परेकी खत्रीको निधन्

| असोज १०, २०७८ आइतबार

फाइल फोटो
A A A
A A A

१० असोज, रामेछाप । रामेछापको सुनापतिस्थित् बेथानमा गएराति बोलेरो दुर्घटनामा परिका एक जनाको ज्यान् गएको छ ।

 

गएराति काठमाडौंबाट सुनापतितर्फ आउदै गरेको प्रदेश ३-०१२४ च १४४० नम्बरको डबलक्याब बोलोरो दुर्घटनामा परेकी नेपाल शिक्षक संघका पूर्व केन्द्रिय सदस्य मेघबहादुर खत्रीकी छोरी अन्दाजी २७ वर्षीय सारदा खत्रीको उपचारको लागि अस्पताल लैजादै गर्दा बाटैमा ज्यान् गएको कांग्रेस रामेछापका प्रवक्ता नारायणबहादुर खड्काले रामेछाप टाइम्सलाई सुनापतिबाट जानकारी दिए । उनका अनुसार  जयप्रकाश गौतमको अवस्था गम्भिर रहेको छ ।  उनको छाती, टाउकोसहित ठाउँ ठाउँमा चोट लागेको छ । 

 

उनका अनुसार उपचारको लागि लैजाँदै गर्दा उनको बाटैमा ज्यान् गएको हो । 


कांग्रेसको आज हुने गाउँ÷नगरको निर्वाचनको लागि सुनापति आउदै गर्दा बोलेरो दुर्घटनामा परेको हो । 


दुर्घटनामा उनका बुबा खत्री, नेपाली कांग्रेस रामेछापका उपसभापति जितेन्द्र मोक्तान र बोलेरो चालक घाइते भएका थिए । घाइतेहरुको धुलीखेल अस्पतालमा उपचार भैरहेको उनले बताए । 

 

दुर्घटना के कारणले भयो भन्ने खुेलको छैन् ।