६ महिनाको मासिक शुःल्क पूर्ण रुपमा छुट् गर्न अनेरास्ववियु (कान्तिकारी) मन्थली क्याम्पस कमिटीको माग

| असोज १०, २०७८ आइतबार

फाइल फोटो
A A A
A A A

१० असोज,रामेछाप । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (कान्तिकारी)  मन्थली क्याम्पस कमिटीले पठनपाठन् नभएको समयको मासिकफि मिनाहा (छुट)गर्न माग गरेको छ ।

 

आइतबार क्याम्पस प्रमुख ऋषि कार्कीलाई ध्यानाकर्षण पत्र बुझाउदै अनेरास्ववियु क्रान्तिकारीले गत वैशाखदेखि कोरोना महामारीको दोस्रो भेरियन्ट सहितको संक्रमण फैलिदै गएको स्मरण गराउदै क्याम्पसमा पठनपाठन् बन्द भएकाले बन्द भएको समयको मासिक शुःल्क पूर्णरुपमा मिनाहा गर्न माग गरेको हो ।

 

 

उसले वैशाखदेखि करिब ६ महिना असोजसम्मको मासिक शुःल्क पूर्ण रुपमा मिनाहा गर्नु पर्ने माग राखेक हो । 

 


अखिल क्रान्तिकारी क्याम्पस ईन्चार्ज सफल दाहाल, अध्यक्ष निराज अधिकारीसहितका विद्यार्थीहरूले ध्यानाकर्षण पत्र बुझाएका हुन् । 

ध्यानाकर्षण पत्र हेर्नुहोस्