उमाकुण्ड गाउँपालिका सभापतिमा हिक्मत सुनुवार २३ मतान्तरले बिजयी

| असोज १०, २०७८ आइतबार

फाइल फोटो
A A A
A A A

१० असोज,रामेछाप । नेपाली कांग्रेस उमाकण्ड गाउँपालिका सभापतिमा ६६ मतल्याएर हिक्मत सुनुवार बिययी भएका छन् । उनका प्रतिद्वन्दी धनराज लामेछानेले ४३ मत पाएका छन् । कूल ११० मत खसेको पालिकामा २३ भोटको अन्तरमा सुनुवार बिजयी बनेका हुन् ।

 


त्यस्तै उपसभातिमा बबुराम कटुवालले ५० भोट र शरण कुमार सुनुवार ४६ भोट पाएर बिजयी बनेका छन् । त्यस्तै टेकबाहदुर बराईली ४०,भरतजार खड्का ४५ र सुनिल बस्नेत १९ पाएर पराजित् बनेका छन् । 


त्यस्तै सचिवमा हाकिमबहादुर बस्नेत ४६ र नुरी शेर्पा ८९ बजयी मत ल्याएर बिजयी बनेका छन् । भने मानबहादुर तामाङ् ४० र अमन कार्की ३० मत ल्याएर पराजय बनेको नेपाल विद्यार्थी संघ ( नेविसंघ) का नेता दिनेश कार्की र तरुण दल गाउँपालिकाका नेता उपेन्द्र कार्कीले रामेछाप टाइम्सलाई जानकारी दिए ।