यी हुन् रामेछाप कांग्रेसका आठ स्थानीय तहका गाउँ/नगर सभापतिहरु

| असोज १०, २०७८ आइतबार

फाइल फोटो
A A A
A A A

१० असोज,रामेछाप । नेपाली कांग्रेस रामेछापको आठ वटै स्थानीय तहको गाउँ/नगर सभापति टुङ्गो लागेको छ । आइतबार जिल्लाका आठ वटै स्थानीय तहमा एकै साथ गाउँरनगरको अधिवेशन भएको थियो । 


दुई नगर र छ गाउँपालिका रहेको जिल्लामा केही ठाउँमा निर्वाचन भएको छ । भने केहीमा सर्वसहमतिमा पदादिकारी टुङ्गो लगेको छ । 


जसमा जिल्लाकै सदरमुकाम समेत रहेको मन्थली नगरपालिकामा सर्वसहमतिमा सभापति टुङ्गो लागेको छ । शंखर अधिकारी मन्थली नगरसभापतिमा निर्विरोध निर्वाचित् भएको निर्वाचन अधिकृत बिष्णु लुइटेलले रामेछाप टाइम्सलाई जानकारी दिए ।

 

त्यस्तै दोरम्बा शैलुङ् गाउँपालिकाको सभापतिमा केशवकुमार लामा निर्वाचित् भएका छन् । 

 

उनका अनुसार रामेछाप नगरपालिकामा कमल बिक्रम कार्की निर्वाचन प्रक्रियाबाटै सभापतिमा विजयी बनेका छन् । 

 

 

निर्वाचन अधिकृत लुइटेलले जिल्लामा शान्ति पूर्ण रुपमा निर्वाचन सकिएको बताए । 

 

त्यस्तै उमाकुण्ड गाउँपालिकामा हिक्मत सुनुवार निर्वाचित् भएका छन् । उनी मतदानबाट निर्वाचित् भएका हुन् । 

 

त्यस्तै सुनापति गाउँपालिकामा जनक खड्का निर्विरोध सभापतिमा चयन भएका छन् । 


त्यस्तै खाँडादेवी गाउँपालिकाको सभापतिमा तेज घिसिङ् निर्विरोध चयन भएका छन् । भने गोकुलगंगा गाउँपालिकामा मणि कुमार लामा निर्वाचनबाट गाउँपालिका सभापतिमा बिजयी बनेका छन् । 

 


त्यस्तै लिखु तामोकशी गाउँपालिकामा भने भोजराज खड्का (सुन्दर) निर्विरोध सभापतिमा चयन भएका छन् ।