अखिल (क्रान्तिकारी) रामेछापको कार्यसमिति पुःनर्गठनः अध्यक्षमा केशव बस्नेत चयन

| असोज ११, २०७८ सोमबार

फाइल फोटो
A A A
A A A

११ असोज,राममेछाप । अखिल (क्रान्तिकारी) रामेछाप जिल्ला कार्यसमितिले समिति पुःनर्गठन गरेको छ । केही को जिम्मेवारी हेरफेर गरिएको सचिव सफल दाहालले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 


उनका अनुसार अध्यक्षमा केशव बस्नेत चयन भएका छन् । आइतबार पार्टी अध्यक्ष मैनकुमार (मोक्तान) सहित बसेको बैठकले बस्नेतलाई जिल्ला अध्यक्षमा सर्वसहमतिले अध्यक्षमा चयन गरेको हो ।

त्यस्तै उपध्यक्षमा पुष्कर योगी,प्रज्ज्वल श्रेष्ठ र रोज श्रेष्ठ चयन भएका छन् । भने सचिवमा सफल दाहाल चयन भएका छन् ।

 

त्यस्तै सह(सचिवमा अभिषेक कार्की,लालकाजी दलामी, सिंहराज योञ्जन चयन भएका छन् । भने कोषध्यक्ष सविना गौतम भएकी छन् । 
सचिव दाहालका अनुसार अन्य पदादिकारी भने टुङ्गो लाग्न बाँकि छ ।