गोकुलगंगामा निर्वाचित सभापति लामाको घोषणः पार्टी कार्यालय भवन बाउने,रकम पनि जम्मा

| असोज ११, २०७८ सोमबार

फाइल फोटो
A A A
A A A

११ असोज,रामेछाप । नेपाली कांग्रेस गोकुलगंगा गाउँपालिकका नवनिर्वाचित सभापति मणीकुमार लामाले पार्टी कार्यालय भवन निर्माण गर्ने घोषणा गरेका छन् । जसको लागि जग्गा खरिदको प्रक्रियाको अगाडि बढाउन सभापतिमा निर्वाचित् भए लगत्तै लामाले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ समेत जम्मा गरेका छन् । 

 


“मेरो पहिलो काम भनेको पालिकामा पार्टी कार्यालय भवन निर्माण गर्ने हो, त्यो प्रक्रिया समेत सुरु गरि सकेको छु, मैले रकम जम्मा गरेर सुरुवात् पनि गरि सकेको छु रामेछाप टाइम्ससंग सभापति लामाले भने ।” 


उनका अनुसार पालिकाको वडा नं ३ रस्नालुमा पार्टी कार्यालय भवन निर्माण गरिने छ । 


“सभापति लामाले आउँदो स्थानीय तहको निर्वाचनमा ६ वटै वडाबाट आफ्नो पार्टीलाई जिताएर छाड्ने प्रतिबद्धता जनाए । उनले भने दोस्रो काम, आउँदो चुनावमा ६ वटै वडामा कांग्रेसलाई जिताउँछु । जित्छ । कांग्रेसलाई एक बनाउछु ।”


साथै भवन निर्माणको लागि जिल्ला पार्टी सभापतिको उम्मेद्वारी घोषणा गरेको पूर्णबहादुर तामाङ (कान्छाराम) का छोरा निरोज तामाङले नगद ५० हजार रुपैयाँ प्रदान गरेका छन् । उनले सभापतिमा (बुबा) कान्छाराम तामाङलाई जिताउन अपिल पनि गरे । 


त्यस्तै कांग्रेस क्रियाशिल सदस्य शुकबहादुर लामाले पनि नगद १० हजार रुपैयाँ जग्गा खरिदको लागि प्रदान गरेको सभापति लामाले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 


आइतबार भएको निर्वाचनमा कूल १ सय २५ मत खसेकोमा ७२ मत पाएर बिजयी बनेका लामाले पालिका कांग्रेसमए बनाउने जिकिर गरेका छन् । लामाका प्रतिस्पर्धी जगतबहादुर कार्कीले ५३ मत पाएका थिए ।