राप्रपा मन्थली नगरसभापतिमा एक महिलासहित ८ जनाको उम्मेद्वारी

| असोज ११, २०७८ सोमबार

फाइल फोटो
A A A
A A A

११ असोज, रामेछाप । रामेछापमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को मन्थली नगरसभापतिमा ८ जनाले दाबी गरेका छन् । उनीहरुले आ–आफ्नो ठाउँबाट नगरको सभापतिको आफू बलियो दाबेदार भएको जिकिर समेत गरेका छन् । 


आइतबार भएको एक छलफलमा उनीहरुले नगर सभापतिमा आफ्नो उम्मेद्वरी दिने चासो ब्यक्त गरेका हुन् । लामो समयदेखि पार्टीमा क्रियाशिल भएको उल्लेख गर्दै फरिन्द्र खड्का, शान्ता भुजेल,राजु श्रेष्ठ, शिवजी घिमिरे,दल बहादुर कार्की, हेमन्त न्यौपाने, किरण ढुङ्गेल र रूद्रबहादुर कार्कीले सभापतिमा दाबी गरेका हुन् । 


यद्ययपी सहमतिमा नगरसभापति टुङ्गो लगाउने पार्टीको आन्तरिक तयारी भएको स्रोतको दाबी छ ।

 

सबैलाई सहमतिमा जुटाउन केन्द्रीय सदस्य रिता माझी र अर्का केन्द्रीय सदस्य दिनेश कार्की सहित जिल्ला पार्टी अध्यक्ष रामचन्द्र कडेलबीच आन्तरिक छलफल चलरहेको राप्रपाका नेता बालकृष्ण माझीले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 


राप्रपाको नगरअधिवेशन आउँदो कातिक २५ गते हुदै छ ।