लिखु हाइड्रो पावरकाे सुरुङमा ढिस्काे खसेर पुरिदाँ एकको मृत्यु,दुई घाइते

| असोज ११, २०७८ सोमबार

फोटो फाइल
A A A
A A A

११ असोज, रामेछाप । रामेछाप र सोलुखुम्बुुुुुकाे सिमा भएर बहने लिखु खाेलामा  निर्माणाधिन लिखु हाइड्रोको सुरुङ्मा काम गरिरहेको अवस्थामा माथिबाट ढिस्को झर्दा एक जना कामदारको मृत्यु भएको छ । भने दुई जना घाईते भएका छन् ।

 

मृत्यु हुनेमा खोटाङका २८ बर्षीय रामकृष्ण राई रहेका छन् भने दोलखाको जिरी- २ का २१ बर्षीय जगत श्रेष्ठ र ओखलढुंगाको मोलुङ–८ का २८ बर्षीय प्रविन्द्र राई र घाईते भएका छन् ।

 

सोमबार आज बिहान ३ बजे सुरुङमा काम गरिरहेको अवस्थामा ढिस्को ४०० मिटर तल खस्दा रामकृष्णको घटनास्थलमानै मृत्यु भएको थियो भने जगत र प्रविन्द्रको सोही ढिस्कोले पुरिएर घाईते भएका थिए ।

 

घाईतेहरुलाई उपचारको लागी हेलिकप्टरबाट केएमसी हस्पिटल काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । घटना स्थलमा प्रहरी चौकी किन्जा र प्रहरी चौकी चौलाखर्कबाट प्रहरी टोली खटि गई थप अनुन्धान गरिरहेको छ