सुनकोशी जलविधुत आयोजनाः खाँडादेवीमा सार्वजनिक सुनुवाई, स्थानीयको ९ बुँदे माग यस्तो छ (पत्रसहित)

| असोज १३, २०७८ बुधबार

फाइल फोटो
A A A
A A A

१३ असोज,रामेछाप । राष्ट्रिय गौरवको आयोजना सुनकोसी-३ जलविद्युत आयोजनाले खाँडादेवी गाउँपालिकामा सार्वजनिक सुनुवार कार्याक्रम सम्पन्न गरेको छ ।

 

६८३ मेगावाट विधुत उत्पादन क्षमताको लक्ष्य रहेको उक्त जलविधुत् आयोजनाले खाँडादेवी गाउँपालिका वडा नं १ राकाथुमको लुभुघाटस्थित वडा अध्यक्ष बिष्णुकुमार श्रेष्ठ र गाउँपालिका प्रमुख प्रेमबहादुर तामाङसहितको उपस्थितिमा आयोजनाले वातावरणीय प्रभाव मूल्याङ्कन् (इआईए) को प्रतिवेदनमा छलफल गरेको हो । मंगलबार उक्त छलफल सम्पन्न भएको हो । 

सार्वजनिक सुनुवाइमा स्थानीयहरु ।तस्विर विष्णु श्रेष्ठ ।


जसमा स्थानीय, बुद्धिजीवी, समाजसेवी र सरोकारवाला समुदायहरुबाट ९ बुँदे सुझाव समेत संकलन गरेको छ । सो आयोजनावाट प्रभावित स्थानीय जनताहरुको समस्या,राय,सल्लाह सुझाव सहित पहिलो चरणको छलफलबाट ९ बुँदे सुझाव संकलन गरिएको वडा अध्यक्ष श्रेष्ठले जानकारी दिए । 


राष्ट्रिय गौरवको आयोजना सुनकोशी ३ ले रामेछाप, सिन्धुली र काभ्रेका विभिन्न स्थानीय तहहरुलाई समेटेको छ । यी ठाउँमा अहिले आयोजनाले सार्वजनिक सुवुवाईलाई तिवृता दिएको छ ।