रामेछापमा १५ दिने निःशुल्क ड्राईभिङ् तालिम सम्पन्नः २० जना महिलाले सिके ड्राईभिङ्

| असोज १३, २०७८ बुधबार

फाइल फोटो
A A A
A A A

१३ असोज,रामेछाप । रामेछापको रामेछाप नगरपालिकाले १५ दिने निःशुल्क ड्राईभिङ् तालिम सम्पन्न गरेको छ । चालु आर्थिक वर्षमा समेटिएको उक्त कार्यक्रम महिलाहरुलाई लक्षित गरि संचालन् गरेको थियो । नगरभित्रका ९ वटै वडाका २० जना महिलाहरुको सहभागी उक्त ड्राईभिङ् तालिममा, महिलाहरुलाई आत्मनिर्भर,रोजगारमूखी बनाउन संचालन गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामगादेले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 


उनका अनुसार तालिम पश्चार महिलाहरुमा उनीहरुको क्षमताको विकास विभिन्न पक्षबाट भएको पाइएको उनले सुनाए । “१५ दिने तालिमबाट तालिमसंगै गरे सबै काम गर्ने सक्ने रहेछौं, भन्ने आत्मविश्वसको समेत विकास भएको तालिम समापन कार्याक्रममा हामीले तालिममा सहभागिहरुको अनुभवबाट सुन्न पायौं लामगादेले भने ।”

 

 

 उनका अनुसार हातमा सिप भएमा सबैलाई सबैले सम्मान गर्ने हुदाँ तालिम संचालन गरेरै महिलाहरुलाई आत्मनिर्भर बाउनेबाटोमा नगरपालिका अगाडि बढेको हो । बुधबार तालिम समापन गर्दै सहभागी महिलाहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ । उनीहरुलाई समूहमा विभाजन गरि तालिम प्रदान गरिएको थियो । 

 


तालिम समापनमा बोल्दै सहभागिले तालिमले आफूहरुलाई सिप सिकाएर जीवन जिने आधारतय गरिदिएको भन्दै खुसी ब्यक्त गरे ।