प्रदेश ‘क’ को मतदान सकियो गणना केही बेरमा सुरुः ‘ख’ मा मतदान जारी,बत्ति जाँदा समस्या !

| असोज १४, २०७८ बिहिबार

फाइल फोटोः मिलन घिमिरे/रामेछाप टाइम्स
A A A
A A A

१४ असोज,रामेछाप । नेपाली कांग्रेस रामेछापको क्षेत्रीय निर्वाचन ‘क’ को मतदान सकिएको छ । ‘ख’ को मतदान ७० प्रतिशनत सकिएको निर्वाचन अधिकृत विष्णु लुइटेलले रामेछाप टाइम्सलाई जानकारी दिए । मन्थलीमा पनि अलि चाँडो हुने थियो । बत्ति गएको गएै गरेर समस्या भएको छ, लुइटेलले सुनाए ।

 

क्षेत्र नं ‘क’ को केहीबेर अगाडि मतदान सम्पन्न भएको तरुण दलका नेता उपेन्द्र कार्कीले रामेछाप टाइम्सालाई बताए । भर्खरै सकियो, अब केहीबेर पछि मत गणना सुरु हुन्छ कार्कीले भने ।’

 

क्षेत्र नं ‘क’मा बिहान १२ बजेदेखि मतदान सुरु भएक हो । भने क्षेत्र नं ‘ख’ मा २ बजेदेखि सुरु भएको हो  ।

 

 

आज कांग्रेसको प्रदेश अन्तर्गतको क्षेत्रीय निर्वाचन् भैरहेको छ ।  दुई क्षेत्रमा गरि कूल १४ सय १३ जनाले मतदान गर्दै छन् । 

 


आज निर्वाचित् क्षेत्रीय प्रतिनिधिले जिल्लाको नेतृत्वको चुन्ने छन् । 

फाइल फोटोः मिलन घिमिरे/रामेछाप टाइम्स