मन्थली नगरपालिकाले गर्यो १४ वटै वडाका जेष्ठ नागरिकहरुलाई सम्मान

| असोज १५, २०७८ शुक्रबार

फाइल फोटो
A A A
A A A

१५ रामेछाप । रामेछापको मन्थली नगरपालिकाले ३१ औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा २८ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ ।

 


दिवसको अवसरमा नगरकार्यापालिकाको कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच नगरका १४ वटै वडाबाट एक जेष्ठ पुरुष र एक जेष्ठ महिला सदस्यलाई सम्मान गरेको नगरपालिकाका सूचना अधिकारी हेमन्त बुढाथोकीले रामेछाप टाइम्सलाई जानकारी दिए ।

 


उनका अनुसार जेष्ठ सदस्यहरुलाई पानीतताउने जग,ओड्ने ब्लाङ्केट्, पेटवारजिऊ, तताउने (सक्ने) एक हट्ब्याग सहितका सामाग्री प्रदान गरिएको हो । उनीहरुलाई नगरप्रमुख रमेश कुमार बस्नेतले उक्त सामाग्री प्रदान गरेका हुन् ।


नगरले गतसाल पनि जेष्ठ नागरिहरुलाई दिवसको अवसरमा सम्मान् गरेको थियो । उक्त साल सम्मानमा नपरेका जेष्ठ नगारिकहरुलाई यो पकटको दिवसमा सम्मान गरिएको सूचनाअधिकारी बुढाथोकीले बताए । उनले भने ‘हामीले पोहोर साल सम्मान गर्न छुटेकाहरुलाई यो पकट सम्मान गरेका छौ ।’

 

त्यस्तै यो पकट जिल्ला आयुर्वेद् कार्यालय रामेछापले पनि नगरको समन्वयमा जेष्ठ नागरिक वृद्धवृद्धाहरुलाई शारिरीक तागत दिने आयुर्वेदीक जडिबुट्टी,औषधिहरु प्रदान गरिएको उनले बताए ।