रामेछापमा कांग्रेस जिल्ला अधिवेशन आजः तीन जनाको उम्मेद्वरी फिर्ता, सभापति र केन्द्रीय प्रतिनिधिको मतगणना आजै

| असोज १६, २०७८ शनिबार

फाइल फोटो जिल्ला सभापति पद्का उम्मेदवरहरु लबश्री न्यौपाने, कृष्ण महत र पूर्णबहादुर तामाङ् ।
A A A
A A A

१६ असोज,रामेछाप । नेपाली कांग्रेस रामेछापको सभापति सहितको अधिवेशन आज हुदै छ । सभापति पदको लागि तीन जनाको उम्मेद्वरी दर्ता समेत भैसकेको छ । 

 


बिहान ८ बजेदेखि मतदान सुरु गर्ने तयारी भएपछि सदरमुकाम मन्थलीमा पानी परेको हुदाँ केही ढिला हुनेदेखिएको निर्वाचन अधिकृत बिष्णु लुइटेलले रामेछाप टाइसम्लाई जानकारी दिए । 'बिहान ८ बजेदेखि मतदान गर्ने तयारी छ । पानी परेकाले केही समस्यादेखियो समय फेर बदल हुन सक्छ ।'

 

उनका अनुसार जिल्ला पार्टी सभापति सहित ७ जना पदादिकारीहरु, ३१ जना जिल्ला कार्यसमिमित सदस्य र २४ जना केन्द्रीय महाधिवेशन प्रतिनिधिहरुको आज निर्वाचित् हुने छन् । 


जिल्ला अधिवेशनमा भाग लिने सबैको शुक्रबार रातिनै निर्वाचन प्रक्रिय सकिएको उनले बताए । बिहान ७ बजेसम्म उम्मेद्वरी दाबी बिरोध, फिर्ता गर्ने समय तोकिएको थियो । जसमा तीन जनाको उम्मेद्वरी फिर्ता भएको लुइटेलले रामेछाप टाइम्सलाई बताए । 'मलाई कुन-कुन पद हो याद् भएन तीन जनाको उम्मेद्वरी फिर्ता भएको छ लुइटेलले भने ।'

 
लुइटेलका अनुसार मतदान गर्ने समय अपरान्ह् ४ बजेसम्म तोकिएको छ । मौसमले साथ नदिए फेरबदल हुन सक्ने बताइएको छ । मतदान स्थल शनिबार भएकाले बिद्यालय बन्द हुने भएकाले मन्थली मा.वि.मा मतदान गर्ने तयारी पूरा भएको छ । 


मतदान सकिए लगत्तै मतगणना सुरु गर्ने तयारी रहेको उनले सुनाए । आज सभापति पदको र केन्द्रीय महाधिवेश प्रतिनिधिको मतगणना हुन्छ । सभापतिमा तीन जनाको उम्मेद्वरी परेकाले बराबर मतल्याउने दुई जनालाई फेरी प्रतिस्पर्धा गराइने उनले बताए ।  

 


जिल्ला सभापतिमा हाल पार्टी सभापति रहेका लवश्री न्यौपाने, महाधिवेशन प्रतिनिधि रहेकाद्वय कृष्ण महत र पूर्णबहादुर तामाङ् (कान्छाराम) को उम्मेद्वरी दर्ता भएको छ । 


१४ सय १३ जना वडा, गाउँ÷नगर र क्षेत्रीय प्रतिनिधिहरुले मतदान गर्दै छन् ।