क्षेत्र नं ‘ख’ को सभापतिमा राजेशकुमार श्रेष्ठ भारी मतले बिजयी

| असोज १५, २०७८ शुक्रबार

फाइल फोटो
A A A
A A A

१५ असोज,रामेछाप । नेपाली कांग्रेस रामेछापको प्रदेश ‘ख’ को सभापतिमा राजेशकुमार श्रेष्ठ भारी मतले बिजयी भएका छन् । 

 


बिहिबार सम्पन्न भएको प्रदेश अन्तर्गतको क्षेत्रीय निर्वाचनको ‘ख’ को सभापतिमा उनका प्रतिद्वन्दी रामकृष्ण ढुङ्गेललाई हराउदै पूर्वपार्टी सभापति रामचन्द्र खड्का पक्षका राजेश कुमार श्रेष्ठ बिजयी भएका हुन् । 

 

क्षेत्र नं ‘ख’ को सभापतिमा श्रेष्ठ बिजयी श्रेष्ठले ४३३ मत प्राप्त गरेर बिजयी बनेका छन् । उनका प्रतिद्वन्दी रामकृष्ण ढुङ्गेलले २९२ मत प्राप्त गरेका छन् ।

 

गत भदौ २३ गते वडा अधिवेशन भएर सुरु भएको कांग्रेस रामेछापको अधिवेशन गाउँनगर अधिवेश हुदै क्षेत्रीय निर्वाचनसम्म पुगेको छ । त्यस्तै सचिवमाद्वय बेनबहादुर थापा क्रमशः ४११ र भेष बहादुर थापा ३४३ मत लागिपरेका ल्याएर विजयी भएकाा छन् ।

 

बिहिबार जिल्लाको दुई क्षेत्रको निर्वाचन सम्पन्न भएको हो ।

निर्वाचनमा दुई क्षेत्रमा गरि कूल १४ सय १३ मतदाता रहेको निर्वाचन अधिकृत बिष्णु लुइटेलले रामेछाप टाइम्सलाई जानकारी दिए ।
भोली शनिबार जिल्ला अधिवेशन हुदै छ । जसको लागि उम्मेद्वरहरु उम्मेद्वरी दर्ता गराउदै छन् ।