कांग्रेस जिल्ला अधिवेशन मतदान २ घण्टामा सकिने (फोटोफिचर)

| असोज १६, २०७८ शनिबार

फोटो मिलन घिमिरे/रामेछाप टाइम्स
A A A
A A A

१६ असोज,रामेछाप । नेपाली कांग्रेस रामेछापको जिल्ला सभापति पद सहितको मतदान जारी छ ।

 

बिहान १२ बजेदेखि सुरु भएको मतदान करिब आधा भन्दा बढी मतदान सकिएको निर्वाचन अधिकृत बिष्णु लुइटेलले रामेछाप टाइम्सलाई जानकारी दिए । उनका अनुसार ८ सय भन्दा धेरै मतदान सकिएको छ । '८ सय भन्दा बढी मतदान भयो । अब २ घण्टामा मतदान सम्पन्न  हुन्छ । त्यसपछि पार्टी सभापतिबाट मत गणना सुरु गर्छौं लुइटेलले भने ।' 

 

पार्टी सभापतिमा लवश्री न्यौपाने, कृष्ण महत र पूर्णबहादुर तामाङ् (कान्छारा) उम्मेद्वरी छ । तीन जनाको भोट गणना हुँदा ५० प्रतिशत् जसको आउछ उही बिजयी हुने उनले बताए । '५० प्रतिशत् नपुगेमा धेरै आउने दुई जनामा फेरी प्रतिस्पर्धा हुन्छ लुइटेलले भने ।' 


१४ सय १४ जना मतदाता रहेको रामेछापमा ३९  पदमा ८० जनाको उम्मेद्वरी परेको छ । लुइँटेलका अनुसार २५ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि चयनको लागि मात्रै ६४ जनाको उम्मेदवारी परेको छ ।

फोटो मिलन घिमिरे/रामेछाप टाइम्स