भारतमा दिनहुँ नयाँ रेकर्ड : एकै दिन २ लाख ७५ हजारमा कोरोना संक्रमण‚ १६ सयभन्दा बढीको मृत्यु

| बैशाख ६, २०७८ सोमबार

फाइल फोटो
A A A
A A A

६ वैशाख, काठमाडौं । भारतमा पछिल्लो दिनयता दिनहुँ नयाँ रेकर्ड कायम हुने गरी कोरोना भाइरस संक्रमित थपिइरहेका छन्। तीव्र रूपमा संक्रमण फैलिरहेको भारतमा पछिल्लो २४ घण्टामा भारतमा २ लाख ७५ हजार ३०० जनामा संक्रमण पुष्टि भएको छ।

सोही अवधिमा १ हजार ६२५ जनाको मृत्यु भएको छ । योसहित भारतमा कुल संक्रमितको संख्या १ करोड ५० लाख ५७ हजार पुगेको छ। संक्रमणबाट १ लाख ७८ हजार ७९३ जनाको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।

भारतमा अघिल्लो २४ घण्टामा २ लाख ६० हजार ७७८ जना संक्रमित थपिएका थिए। यस्तै‚ सोही अवधिमा १ हजार ४०० जनाको मृत्यु भएको थियो।