रामेछापमा मतदान स्थलमा ढुङगा हानेको निहुमा मतदान अनिश्चित समयको लागि स्थगित्ः भर्खर ६६८ मत खस्यो

| असोज १६, २०७८ शनिबार

मतदान स्थान । मन्थली सहिद स्मृती बहुमुखी क्याम्पस । तस्विर रामेछाप टाइम्स
A A A
A A A

१६ असोज, रामेछाप । नेपाली कांग्रेस रामेछापको मतदान स्थगित् भएको छ । जिल्ला पार्टी सभापति सहितको पदको लागि आज भैरहेको मतदान् स्थगित् भएको निर्वाचन अधिकृत विष्णु लुइँटेलले रामेछाप टाइम्सलाई जानकारी दिए । 'भर्खर ६६८ मत खसेको पाइयो । आधा भन्दा बढी मत खस्न बाँकि छ । त्यसैले अब संचालन हुने सम्भावना देखिदैन उनले भने ।' 

 

 

मतदान स्थलमा केही बेर अगाडि केही ब्यक्तिहरुले ढुङ्गा हानेका थिए । ढुङ्गा हानेपछि स्थगित् भएको मतदान पुःन हुन नसकेको हो । 

 

 

आज जिल्ला सदरमुकाम मन्थलीमा कांग्रेस रामेछापको सभापति सहितको पदको लागि चुनाव भैरहेको छ । 

 

स्रोतका अनुसार चुनावलाई बिथोल्न आज पटक-पटक प्रयासहरु भएका छन् । स्रोत भन्छ 'बाहिर तिरको ब्यानरहरु च्यातेर फालेका छन् । मतदान गर्ने ठाउँमा पनि गड्बड् छ । माहोल धेरै असहज् बनेको पाइयो ।' 

 

तर निर्वाचन पक्ष भने बाहिर आएजस्तो ठूलो समस्या नभएको बताउछ । 

 

स्रोतका अनुसार मतदान आजलाई स्थगित गरेर भोली बिहान ७ बजेदेखि मतदान संचालन गर्ने तयारी छ ।  

 

"हामी मतदान स्थलमै छौँ । हामीले दिनेभनेको शान्ति सुरक्षा हो । त्यसको लागि हामी रातभरि पनि खटिन तयार छौँ । छलफल भैरहेको छ । मतदान हुन्छ कि ? हुदैन हामी भन्न सक्दैनौ डिएपी नवराज ढुङगानाले रामेछाप टाइम्ससंग भने ।"

 

यद्ययपी निर्वाचन अधिकृत लुइँटेल सहित पार्टीका शिर्ष नेताहरुको बैठक रामेछाप टाइम्सलाई जानकारी प्राप्त हुन जेलसम्म बैठक बसिरहेको बताइएको छ ।