रोकिएको मतदान सुरु गराउन सिडिओले डाकेको बैठक जिससमा सुरुः मतदान ९ बजेबाट सुरु गर्ने तयारी,मतदान ठाउँ सर्यो

| असोज १७, २०७८ आइतबार

फाइल फोटो सिडिओ दिपक कुमार पहाडी, कांग्रेस जिल्ला सभापति पद्का उम्मेदवरहरु लबश्री न्यौपाने, कृष्ण महत र पूर्णबहादुर तामाङ् ।
A A A
A A A

१७ असोज, रामेछाप । रोकिएको कांग्रेस मतदान सुचारु गर्न प्रमुख जिल्ला अधिकारीले बैठक डाकेका छन् । उनले जिल्ला समन्वय समितिको भवनमा बैठक डाकेका हुन् । बैठक अहिले सुरु भएको छ । ६  सय ६८ मतदान खसेपछि शनिबार राति करिब १० बजेदेखि कांग्रेस रामेछापको जिल्ला सभापतिसहितको पदको लागि भैरहेको मतदान रोकिएको छ । १४ सय १४ मतदाता रहेको जिल्लामा मतदान स्थलमा ढुङ्गा हानेको निहुमा मतदान स्थगित् गरिएको हो ।

 


शनिबार करिब १२ बजेबाट सुरु भएको मतदानमा धेरै समय कुर्नु पर्को, आफ्ना मान्छेलाई लाईन बिनै सिधै भोट हाल्ने लाने गरेको, भोट हाल्ने ठाउँमा ४र५ जना एकै पटकमा लागेको भन्दै आक्रोशित कार्यकर्ताले ढुङ्गा हानेका थिए । ढुङ्गा हानेपछि स्थगित् भएको मतदान पुःन हुन नसकेको हो । 


जिल्ला सदरमुकाम मन्थलीमा कांग्रेस रामेछापको सभापति सहितको पदको लागि चुनाव भैरहेको छ । 


रोकिएको मतदान आज बिहान ९ बजेदेखि निरन्तर दिने साहयक जिल्ला निर्वाचन अधिकृत अर्जुन श्रेष्ठले बताए । उनले रामेछाप टाइम्ससंग भने 'सिडिओ ले बैठक डाकेका छन् । हामी कसरी सुरक्षित वातावरणमा निर्वाचन गराउन सकिन्छ भन्नेर छलफल गर्छौं । निर्वाचन स्थल पनि जिल्ला समन्वय समितिमा सरेको छ ।'

 

शनिबार मन्थली क्याम्पसमा भएको मतदान आइतबार क्याम्पस खुल्ने भएकाले मतदान स्थल सार्नु पर्ने बाध्यता छ । 

 


शनिबार भएको मतदान र मतपेटीका सबै जिल्ला प्रहरी कार्यालयमा दुई तर्फी चाबी लगाएर राखिएको उनले बताए  ।

 

निर्वाचन प्रक्रियामा कुनै धाँदलि नभएको तर नेतृत्वले कार्यकर्ता समाल्न नसक्दा समस्या आएको श्रेष्ठले बताए । कार्यकर्तालाई सयम्ता अपनाउन, धैर्य गरान नसक्ने, सानो कुरालाई बाहिर ठूलो रुपमा देखाउने केही मानिसहरुको कारण समस्या आएको उनले बताए ।

 

निर्वाचन स्थागित् भएपछि नेता कार्याकर्तामा आक्रोश, अन्यौलता र बितृष्ण फैलिएको छ । 

 


पार्टीले सहित नेतृत्व दिन नसक्दा निर्वाचनमा यो बिडम्बना बोक्नु परेको भन्दै केही कार्यकर्ताले पार्टी नेतृत्वमाथि आक्रोश पोखेका छन् । 

यो पनि पढ्नुहोस् 
यी हुन् रामेछाप कांग्रेसका आठ स्थानीय तहका गाउँ/नगर सभापतिहरु

 

यी हुन् कांग्रेस क्षेत्र नं ‘ख’ का बिजयीहरु (नामावाली र मतसहित)

कांग्रेस जिल्ला अधिवेशन मतदान २ घण्टामा सकिने (फोटोफिचर)