रामेछाप सांस्कृतिक कलाकार समाजको चौथो अधिवेशन मन्थलीमा भब्य सांस्कृतिक कार्यक्रमका साथ हुदै

| असोज १७, २०७८ आइतबार

फाइल फोटो
A A A
A A A

१७ असोज,रामेछाप । रामेछाप सांस्कृतिक कलाकार समाज रामेछापले चौथो अधिवेशन भव्यताको साथ रामेछापको मन्थलीमा गर्ने भएका छन् । आगामी मंसिर १२ र १३ गते जिल्ला सदरमुकाम समेत रहेको मन्थलीमा अधिवेशन् गर्न लागेको समाजले आइतबार पत्रकार सम्मेलन आयोजना गरि जानकारी दिएको छ । 

 


गत अधिवेशन जिल्ला बाहिर गर्दै आएको कलाकार समाजले आउँदो अधिवेशन भने जिल्ला भित्रै गर्न लागेको हो । 'भव्य कार्यक्रमका बीच जिल्ला सदरमुकाममै अधिवेशन गर्ने तयारी अगाडि बढाएका छौं, संस्थाका उपध्यक्ष कुमार कार्कीले भने ।'

 

उनका अनुसार कलाकारीताको विकासको लागि कलाकार समाजले विभिन्न प्रशंसनिय काम गरेको छ । जिल्लाका आठवटै स्थानीय तहहरुमा समाजको समिति बिस्तार गरिएको छ । भने केही वडाहरुमा समेत समिति बिस्तारलाई तिव्रता दिएको छ । 

 


आसन्न अधिवेशनमा भव्य सांस्कृतिक कार्यक्रमको आयोजना गरेर अधिवेशन गर्न कलाकार समाजको तयारी छ । समाजले गत वर्षहरुमा जिल्लाका विभिन्न क्षेत्रमा योगदान पुर्याउनेहरुलाई सम्मान् गर्दै आएको छ । 

 

यो पटक पनि यो प्रक्रियाले निरन्तरता पाउने कलाकार समाजका अध्यक्ष रामकुमार पौडेलले बताए । उनले भने 'हाम्रो सम्मान विगत देखि निरन्तर छ । यो पटक अझ बढाउन सक्ने तयारी हाम्रो छ ।' 

 


२०६६ सालमा स्थापना भएको कालकार समाजले जिल्लामा कलाकारितालाईको क्षेत्र विस्तारको लागि निकै राम्रो भूमिका खेलेको महासचिव युनिकबिफा घिसिङले बताए । 

 


कुनै पनि राजनीति पार्टीको आस्था भन्दा माथि उठेर पूरै जिल्लाको कला र गलालाई आफ्नो समाजले एकतृत गरेको संस्थाको दाबी छ । आगामी दिनमा स्थानीय सरकारहरुसंग समन्वय गरि संस्थालाई थप बलियो बाउने संस्थाको तयारी सुनाइएको छ ।