कांग्रेस अधिवेशनः १३ सय ८८ मत खस्याे, १० बजेदेखि मतगणना सुरु हुने

| असोज १७, २०७८ आइतबार

मतगणना हुने स्थान मन्थली रामेछाप तस्विर मिलन घिमिरे
A A A
A A A

१७ असाेज, रामेछाप । नेपाली कांग्रेस रामेछापको मतदान सम्पन्न भएको छ । १४ सय १३ जना मतदाता रहेकाे जिल्लामा कूल १३ सय ८८ मत खसेकाे जिल्लामा निर्वाचनमा खटिएका प्रमुख बिष्णु लुइँटेलले रामेछाप टाइम्सलाई बताए  । 

 

उनका अनुसार १० बजे रातिबाट मतगणना सुरु  हुनेछ । पहिले सभापतिकाेबाट मत गणना गर्ने तयारी छ । १० बजेबाट मत गणना गर्छै लुइँटेलले भने । 


शनिबारदेखि सुरु भएको कांग्रेस रामेछापको अधिवेशन शनिबार ६६८ मत खसेपछि मतदान स्थलमा ढुङ्गा हानेकाे निहुमा स्थगित भएको थियो  । 


आइतबार बिहान प्रमुख जिल्ला अधिकार दिपककुमार पहाडीसहितकाे जिल्ला समन्वय समितिमा बैठक बसि पुःन आइतबार बिहान ९ बजेदेखि मतदान भएको थियाे ।


आइतबार करिब ८ :३० बजे मतदान सम्पन्न भएको हाे  ।


अब शिक्षक संघ रामेछापकाे भवनमा मतगणना हुने लुइँटेलले बताए  । 


शान्तिपूर्ण रुपमा मतदान भएको अधिकृत लुइँटेलले बताए  ।