पहिलो चरणको मतगणना सकियोः लवश्री र कान्छारामबीच आज प्रतिस्पर्धा, महत बाहिरिए,

जिल्ला कार्यसमितिकोबाट मत गणना सुरु गर्ने निर्वाचन अधिकृत बिष्णु लुइटेल

| असोज १८, २०७८ सोमबार

फाइल फोटो जिल्ला लबश्री न्यौपाने,पूर्णबहादुर तामाङ् र कृष्ण महत
A A A
A A A

१८ असोज,रामेछाप । नेपाली काँग्रेस रामेछाप जिल्ला सभापतिको पहिलो चरणको मत गणना सकिएको छ । तीन जना सभापति पदका उम्मेद्वरमा एक जना बाहिरिएका छन् । लवश्री न्यौपाने, कृष्ण महत र पूर्ण बहादुर तामाङ (कान्छाराम) सभापतिका दाबेदार हुन् ।

 


पहिलो चरणको मत गणना सकिदा कान्छाराम तामाङ्ले धेरै मत प्राप्त गरेका छन् । उनी निर्माण ब्यवसायी हुन् । उनले कूल १३८८ मत खसेकोमा ६६८ सय मत पाएका छन् । 
त्यस्तै लवश्री न्यौपानले ३५६ मत पाएका छन् । उनी हाल पार्टी सभापति हुन् । 

 


त्यस्तै महाधिवेशन प्रतिनिधि रहेका कृष्ण महतले ३२८ मत पाएका छन् । योसंगै उनी सभापति पदको उम्मेद्वरबाट पहिलो चरणको मत गणनासंगै बाहिरिएका छन् । 


कूल १४ सय १३ मत रहेको जिल्लामा १३ सय ८८ मत खसेको थियो । सभापति पदमा बिजयी हुनलाई तीन जना प्रतिस्पर्धीमा ५० प्रतिशत् अनिवार्य हुन्छ ।

 

जसअनुसार कान्छारामले पहिलो चरणमा ४९.४१ प्रतिशत पाएका छन् । दोस्रो हुने लवश्रीले २६.३३ प्रतिशत पाएका छन् भने तेस्रो हुने मतहले २४.२६ पाएका छन् । २९ मत अर्थात २.१४ प्रतिशत मत बदर भएको छ । 


यसरी हेर्दा कान्छारामलाई पहिलो पकटमा सभापतिमा बिजयी हुनलाई ८ मत अर्थात् ०.५९ नपुगेको देखिन्छ । 

 


महत बाहिरिएसंगै अब लवश्री न्यौपाने र कान्छाराम तामाङ्बीच प्रतिस्पर्धा हुने भएको छ । 

 


जसको लागि आज सोमबार बिहान ११ बेजबाट पुःनह मतदान हुदै छ । 
 

मतदान सकिएपछि आज सभापतिसहित जिल्ला कार्यसमितिकोबाट मत गणना सुरु गर्ने निर्वाचन अधिकृत बिष्णु लुइटेलले रामेछाप टाइम्सलाई बताए । सभापति र जिल्ला कार्यसमितिको मगतणना हुन्छ र एकै पटक घोषणा हुन्छ उनले भने । 

 

गएराति भएको मतगणनामा सबै सेटिङ्मा भएको हो रे नि त ? भन्ने रामेछाप टाइम्सको प्रशनमा उनले चुनाव हार्नेने मनस्थिति भएका केही ब्यक्तिहरुले यस्तो आरोप लगाएको दाबी गरे । उनले यो कुरा अप्रमाणीत, गलत, निन्दनीय र चुनावलाई फेरी बिथोल्न, भाँड्न यस्तो तर्क गरेको बताए । 

भिडिओ हेर्नुहोस्