रामेछाप नगरपालिकाले दशैबिदा छोट्योः दशै तिहारको बीचमा पनि बिद्यालय खुल्ने निर्णय

| असोज १९, २०७८ मंगलबार

फाइल फोटो
A A A
A A A

१९ असोज,रामेछाप । रामेछापको रामेछाप नगरपालिकाले विद्यालयलाई दशैमा दिदै आएको छुट्टी छोट्याएको छ । बिगतमा घटस्थापनाको दिनदेखि पूर्णीमासम्म दिदै आएको बिदा यो पटक फूलपातीको दिनदेखि दशमीको भोलीपल्टसम्म मात्रै दिइने नगरले मंगलबार एक विज्ञप्ति जारी गर्दै भनेको हो । 

 


त्यस्तै यो पटक दशै र तिहारको बीचमा समेत बिद्यालय खुल्ला गर्ने नगरले बताएको छ । बिगतमा यो बीचमा विद्यालय खुल्दैन थिए । 


करिब ६ महिना लामो बन्दाबन्दी पछि नगरभित्र गत भदौ २५ गतेदेखि भौतिक उपस्थितिमा पठनपाठन भैरहेको छ । साथै सरकारले पात्रोमा उल्लेख गरेको सार्वजनिक बिदालाई समेत कटौती गरि पठनपाठनलाई निरन्तर्ता दिने प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामगादेले हस्ताक्षेर गरेको सूचनामा उल्लेख छ । 


जिल्लाको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले पनि दशै बिदा छोट्याउने घोषणा यसअघिनै गरिसकेको छ । कोरोना महामारीले बिद्यालय बन्द हुँदा बिद्यार्थीहरुको पठनपाठनमा समस्यादेखिएको निर्शकर्ष निकाल्दै स्थानीय तहहरुले विद्यालय संचालन सम्बन्धि निर्णय गर्ने थालेका हुन् ।

 

सरकारले पनि विद्यालय संचालन सम्बन्धि सम्पूर्ण अधिकार स्थानीय प्रशासन र स्थानीय तहहरुलाई प्रदान गरिसकेको छ । 
सूचना हेर्नुहोस्