यी २५ जना हुन् रामेछापबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिः कसले कति मत पाए ? (मतसहित)

| असोज २०, २०७८ बुधबार

फाइल फोटो केन्द्रीय प्रतिनिधिहरुसंग पार्टी सभापति पुर्णबहादुर तामाङ (कान्छाराम)
A A A
A A A

२० असोज, रामेछाप । नेपाली काङ्ग्रेस रामेछापको १४ औं जिल्ला अधिवेशनबाट केन्द्रिय महाधिवेशन प्रतिनिधिमा २५ जना निर्वाचित् भएका छन् ।

 

गत शनिबार भएको मतदानमा  जिल्ला पार्टी सभापतिसहितको पदको लागि निर्वाचन भएको थियो । सभापतिमा पूर्णबहादुर तामाङ्(कान्छाराम) यसअघिनै बिजयी भैसकेका छन् । सभापतिको बाट मत गणना सुरु गरिएको थियो । 


त्यसपछि केन्द्रिय महाधिवेशन प्रतिनिधिको मतगणना सुरु गरिएको हो । जसअनुसार मंगलबार बिहानदेखि सुरु गरेको मतणगना बुधबार राति करिब ९ बजे सम्पन्न भएको हो । जसमा अर्जुनकुमार के।सी, भारत प्रसाद चौलागाईं, रामचन्द्र खड्का, ध्रुवहरी ढुंगेल, युवराज भट्टराई, रत्नबहादुर कार्की, रत्नहरी ढुंगेल, झपडराज भण्डारी, आङटावा शेर्पा, वीरबहादुर तामाङ खुल्ला पुरुष    तर्फ बिजयी भएका छन् । 


त्यस्तै खसआर्य पुरुषतर्फ केशव प्रसाद चालिसे र महेशकुमार कार्की बिजयी भएका छन् । भने महिला तर्फ मिना कुमारी कार्की बिजयी भएकी छन् । 


त्यस्तै जनजाति पुरुष तर्फ गेल्जे शेर्पा, नरबहादुर थापा मगर र जितेन्द्र मोक्तान बिजयी भएका छन् । खुल्ला महिलातर्फ भने बिनिता खड्का, गंगा अधिकारी, उषा कार्की र एन्जिला न्यौपाने बिजयी भएका छन् । जनजाति महिलातर्फ कुमारी हायु, रामकुमारी डागी,खमला थापामगर बिजयी भएका छन् । ।

त्यस्तै अल्पसंख्यकतर्फ शुक्र माझी बिजयी भएका छन् । भने दलिततर्फ वलबहादुर परियार बिजयी भएका हुन् । 


केन्द्रीय महाधिवेशन प्रतिनिधिमा विविन्न २५ पदका लागि ६५ जनाको उम्मेद्वरी परेको थियो । 

मतपरिणाम हेर्नुहोस् 


तस्विरहरु कांग्रेस नेताहरुको सामाजिक संजालबाट