बागतमी प्रदेश कमिटीमा रामेछापबाट १२ जनाले सपथ खाए (भिडिओ)

| असोज २०, २०७८ बुधबार

फाइल फोटो
A A A
A A A

२० असोज,रामेछाप । नेकपा (एकिकृत सामाजवादी) पार्टी बागतमी प्रदेशमा रामेछापबाट १२ जनाले सपथ खाएका छन् ।  प्रदेश भेलाले २ सय ३१ सदस्यीय बागमती प्रदेश कमिटी गठन गरेको छ । 

 

मंगलबार काठमाडौंमा भएको भेलाले प्रादेशिक इन्चार्ज र सहइन्चार्ज, पदाधिकारीसहितको १७ सदस्यीय सचिवालय गठन गरेको छ। 

 

पार्टी उपाध्यक्ष राजेन्द्र पाण्डेले कमिटीका सदस्यलाई शपथ गराए। जसमा रामेछापबाट अमरबहादुर तामाङ, कृष्णबहादुर थापा, दुर्गाबहादुर घिमिरे, धनबहादुर कार्की, नवराज पौडेल, बलराम खड्का, बैकुण्ठप्रसाद पौडेल, रत्नबहादुर दमाई,  रमेशकुमार बस्नेत, शान्ता सापकोटा, श्रीहरि श्रेष्ठ, श्यामकृष्ण श्रेष्ठ, स्वरुपसिंह तामाङ रहेका छन् । 

 


एसले यसअघिने जिल्लामा रमेश बस्नेतको अध्यक्षतामा २९१ जिल्ला कमिटी गठन गरि सकेको छ । 

 


साथै सदरमुकाम मन्थली बजारमा पार्टी कार्यालय संचालन गरिसेको छ । 

भिडिओ हेर्नुहोस् 


 

भिडिओ साभार
मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार