प्रहरी दिवसः 'अमर प्रहरी प्रति श्राद्धञ्जली, राम्रो काम गर्नेहरु सम्मानित्' (फोटोफिचर)

| असोज २०, २०७८ बुधबार

फोटो स्रोतः जिल्ला प्रहरी कार्यालय रामेछाप
A A A
A A A

२० असोज, रामेछाप । "६६ औं प्रहरी दिवस २०७८"को अवसरमा रामेछाप प्रहरीले सहिदहरु प्रहरी सम्मान प्रकट गरि मनाइएको छ । 

 


जिल्ला प्रहरी कार्यालय रामेछाप परिसरमा जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्का, मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेत, जिल्ला प्रशासन कार्यालय रामेछापका प्रमुख जिल्ला अधिकारी दीपक कुमार पहाडी, सामुदायिक प्रहरी सेवा केन्द्र रामेछापका अध्यक्ष विरेन्द्र कुमार श्रेष्ठ, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, संचारकर्मीहरु, अमर प्रहरी परिवार, पूर्वप्रहरी कर्मचारीहरु तथा बहालवाला सकल दर्जाका प्रहरी कर्मचारीहरुको उपस्थितीमा अमर प्रहरीहरु प्रति श्रद्वाञ्जली अर्पण सहित दिवसलाई मनाएको हो । 

 

साथै जिल्ला प्रहरीले उत्कृष्ट काम गर्ने प्रहरीलाई सम्मान पनि गरेको छ । 


आज देशब्यपारी प्रहरी दिवस मनाईदै छ । दिवसको अवसरमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरीले दिने सेवा जनमुखी, पारदर्शी र छिटो छरितो हुनेमा आफू विश्वस्त रहेको बताएका छन् । 
फोटो स्रोतः जिल्ला प्रहरी कार्यालय रामेछाप

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार