‘मन्थली नगरभित्र कुनै पनि बालबालिका विद्यालय बाहिर छैनन्,भर्ना हुनेको संख्यामा कमी आएको हो’- शिक्षा शाखा प्रमुख बुढाथोकी (भिडिओ)

| असोज २०, २०७८ बुधबार

A A A
A A A

२० असोज,रामेछाप । रामेछापको मन्थली नगरपालिकाका महाशाखा प्रमुख एवं शिक्षा शाखा प्रमुख हेमन्त बुढाथोकीले नगरभित्रका कुनै पनि बालबालिका विद्यालय भन्दा बाहिर नरहेको बताएका छन् । तर, विद्यालय भर्ना हुने बालबालिकामा भने कमी आएको उनले जानकारी दिए । नगरभित्र कुनै पनि बालबालिका बिद्यालय हात भन्दा बाहिर छैन् । तर, बिद्यालय भर्ना हुने बालबालिकाको संख्यामा भने कमी आएको छ । कोरोना महामारीले यो संख्या बढ्ने आंकलन गरिए पनि परिणाम उल्टो भएको उनले बताए । 

 


मानव अधिकार संजाल रामेछापले आयोजना गरेको शिक्षा अधिकार सम्बन्धि एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्थलीमा शिक्षा शाखा प्रमुख बुढाथोकीले यस्तो बताएका हुन् । गत भदौ २७ गतेदेखि भौतिक उपस्थितिमा बिद्यालय संचालन भैरहेको स्मरण गराउदै बुढाथोकीले बालबालिकामा अहिले उत्साह देखिएको दाबी गरे । अन्लाईन कक्षबाट बालबालिकाको सिकाई कमजोर बनेको भन्दै उनले बिद्यालय खुलेर पठनपाठन भएसंगै उनीहरुको सिकाईमा विकास भएको स्पष्ट पारे । 

 


करिब ५ महिना पूर्ण रुपमा बन्द भएको बिद्यालय खुला गरेर नगरपालिकाले राम्रो काम गरेको भन्दै नगरिक समाजका अगुवाहरुले नगरको प्रशंसा गरे । साथै पछिल्लो केहीदिन यता बिद्यालय गएका बालबालिकाहरुमा भाइरल ज्वरो बढेकोमा चिन्ता ब्यक्त गर्दै सचेतना अपनाउनु पर्ने सुझाए । अभिभावकहरुले थप सजगता देखाउनु पर्ने उनीहरुको निष्कर्ष छ । 


त्यस्तै बिद्यालय लामो समय बन्द हुँदा अन्लाईन् कक्षमा जोडिएका बालबालिकामा मानसिक समस्या र आँखाको रोग बढ्ने जोखिम बढेको नागरिक समाजको छलफलले निष्कर्ष निकालेको छ । “धन्न चाँडै विद्यालय खुले, नत्र बालबालिकामा आँखा सुन्निने, रातो हुने,एकोहोरो हुने, टोलाउने, जिद्दि हुने, अटेरि पन बढ्ने समस्या विकास भैसकेको थियो । यसले दिर्घकालिन समस्या निम्त्याएको थियो कार्यक्रममा बोल्ने बक्ताहरुले सुनाए ।”

 


नगरपालिकाले र यससँग सम्बन्धित निकायले बालबालिकाको स्वास्थ्यमा विशेष ध्यान दिनु पर्नेमा संजालले जोड् दिएको छ । 

 


त्यस्तै विद्यार्थी उमेर समूहलाई लगाउन मिल्ने कोरोना बिरुद्धको खोपको मात्रा हेरेर तत्काल विद्यार्थीहरुलाई खोपको मात्रा ब्यवस्था गर्न आग्रह गरेको छ । 

 

सदरमुकाम मन्थलीमा रहेका विद्यालयका शिक्षकहरुले बिद्यार्थीहरुलाई संगै आफूहरुले पनि मास्क, स्यानिटाइजर र भौतिक दूरी अनिवार्य पालना गर्न सचेत गराएको छ । 

 

कार्यक्रममा भोली बिहिबारदेखि सुरु हुने बडादशैको शुभकामना आदान प्रदान गरिएको थियो । 
 

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार