मन्थली र गोकुलगंगामा पनि दशैबिदा छोट्टियोः कात्तिक ४ गतेदेखि बिद्यालय खुल्ने

| असोज २०, २०७८ बुधबार

फाइल फोटोः मिलन घिमिरे/रामेछाप टाइम्स
A A A
A A A

२० असोज,रामेछाप । रामेछापको मन्थली नगरपालिकाले दशैतिहारको बिचमा पनि बिद्यालय खुलाउने भएको छ । गत वर्षहरुमा फूलपातीको दिनदेखि बिदा दिएर एकैचोटी तिहारपछि खुल्थे, भने यो पटक कोरोना महामारीले लामो समयदेखि बिद्यालय बन्द भएका कारण पठनपाठन रोकिएको थियो । सोही विषयलाई ध्यानमा राख्दै पठनपाठनलाई बढी महत्व दिएर बिदाको समयमा पर्ने बेला पनि बिद्यालय खुलाउन तयारी थालिएको हो । 

 


‘यो पटकको दशै बिदा छोट्टीएको छ । पूर्णेको भोली पल्टदेखिनै स्कूलहरु खोल्ने निर्णयनै भएको छ । पठनपाठनलाई अगाडि बढाएर छुटेका कोर्सहरु सक्ने र बालबालिकाको सिकाई सहजिकरणलाई महत्व दिएका छौं, नगरपालिकाका शिक्षा शाखा एवं महाशाखा प्रमुख हेमन्त बुढाथोकीले भने ।’


यो पटकको दशै बिदा पनि फूलपातीको दिनदेखि मात्रै दिइने छ । योसंगै नगरपालिका भित्रका बिद्यालयहरु आउँदो कात्तिक ४ गते बिहिबारदेखि खुल्ने छ । 

 


जिल्लाकै रामेछाप नगरपालिकाले पनि दशैतिहारको बीचमा बिद्यालय खुलाउन विद्यालयहरुलाई निर्देशन दिएको छ । 

 


त्यस्तै गोकुलगंगा गाउँपालिकाका प्रमुख खड्ग सुनुवारले पनि बुधबार एक सूचना जारी गर्दै असोज २१ गतेदेखि कात्तिक ३ गते र राजपत्रमा प्रकाशित बिदा बाहेकका दिनमा नियमित पठनपाठन गराउन भनिएको छ । 

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार