रामेछाप प्रहरी प्रमुख 'डिएसपी' ढुंङ्गाना सम्मानित्

| असोज २१, २०७८ बिहिबार

फोटो स्रोतः जिल्ला प्रहरी कार्यालय रामेछाप
A A A
A A A

२१ असोज, रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक नबराज ढुङ्गाना “६६ औं प्रहरी दिवस२०७८”को अवसरमा पुरस्कृत भएका छन् । 

 


“६६ औं प्रहरी दिवस २०७८” को अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा आयोजित् एक कार्यक्रममा ढुंगानालाई उत्कृष्ट कार्यको लागि कदर स्वरूप पुरस्कार प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

 

 

 

ढुंगानालाई प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी नायब महानिरीक्षक प्रकाशजंग कार्कीले प्रशंसापत्र सहित सम्मान प्रदान गरेका हुन् । 

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार