कांग्रेस रामेछापको सचिवमा बिनोद कार्की र दिपक खड्का बिजयी

| असोज २२, २०७८ शुक्रबार

फाइल फोटो
A A A
A A A

२२ असोज,रामेछाप । नेपाली कांग्रेस रामेछापको सचिव पदमा बिनोद कार्की र दिपक खड्का बिजयी भएका छन् । खड्का ६४९ र कार्की ६८८ मत ल्याए बिजयी भएका हुन् । त्यस्तै सचिव पदका अर्का दाबेदार कुमार श्रेष्ठले ५९६ र नारायण बोगटी ६०८ मत ल्याएर पराजित् भएका छन् । 

 


गत शनिबार १४ गते जिल्ला सभापति पदसहितको लागि भएको मतदानबाट टुङ्गो लगाइएको नेतृत्व चयन बिहिबार राति १० बजेसम्पन्न भएको हो ।

 

 

१४ औं महाधिवेशन अन्तर्गत कार्की र श्रेष्ठले संस्थापन पक्षबाट सचिव पदमा उम्मेद्वरी दिएका थिए । भने खड्का संस्थापन इतर समूहबाट उम्मेद्वरी बनेका थिए । 

 


बिहिबार मतगणंना सकिएसंगै अब जिल्लामा सभापतिसहित ३९ कार्यसमिति टुङ्गो लागेको छ । 
 

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार