कांग्रेस रामेछापको अधिवेशन सम्पन्नः यी हुन् जिल्ला कार्यसमितिका पदादिकारीहरु (नामावाली)

| असोज २२, २०७८ शुक्रबार

फाइल फोटोः बिजयी भएको प्रमाणपत्र सहयक निर्वाचन अधिकृत अर्जुन श्रेष्ठबाट लिदै । तस्विर स्रोतः रत्नहरि ढुङ्गेल, महाधिवेशन प्रतिनिधि ।
A A A
A A A

रामेछाप । नेपाली कांग्रेस रामेछापको जिल्ला अधिवेशन सम्पन्न भएको छ । पदादिकारीहरुको बिहिबार मतगणना सार्वजनिक भएसंगै गत भदौ २३ गतेदेखि सुरु भएको वडा,गाउँ र नगरसहितको नयाँ नेतृत्व टुङ्गो लागाउदै जिल्लामा समेत नयाँ नेतृत्व टुङ्गो लगाएको हो ।

 

जिल्ला अधिवेशनको लागि असोज १४ गते मतदान भएको थियो । तीन जना सभापति दाबेदार रहेको जिल्ला सभापतिमा भने पूर्णबहादुर तामाङ् (कान्छाराम) बियजी भएका छन् । प्रतिस्पर्धी लवश्री न्यौपाने र कृष्ण महत पराजित् भएका हुन् । 

 


जिल्ला सभापति टुङ्गो लगाएपछि केन्द्रिय महाधिवेशन प्रतिनिधि समेत जिल्लाबाट २५ निर्वाचित् भैसकेका छन् । त्यसपछि सुरु भएको जिल्ला कार्यसमितिका उपसभापतिसहित,सचिव, सहसचिव र सदस्यहरुको बिहिबार राति १० बजे मतगणना सम्पन्न भएको हो ।

 

योसंगै उनीहरुले शुक्रबार बिजयी भएको प्रमाणपत्र पाएका छन् । निर्माणाधिन पार्टी कार्यालयमा आयोजित् एक कार्यक्रमकाबीच  निर्वाचनमा बिजयीहरुलाई प्रमाणपत्र प्रदान गरिएको हो । अब कांग्रेस रामेछापको ३९ कार्यसमिति बनेको छ । 


एक सभापति, दुई उपसभापति, दुई सचिव, दुई सहसचिव र ३२ जिल्ला कार्यसमिति सदस्य पदको लागि भएको निर्वाचनमा सभापति पदमा ३ जना, उपसभापति पदमा ६ जना, सचिव पदमा ४ जना, सहसचिव पदमा ५ जना र सदस्य पदमा ६२ जना गरी ८० जनाले उम्मेद्वारी दिएका थिए । 

 

१४ औं जिल्ला अधिवेशनबाट निर्वाचित नयाँ कार्य समितिले अबको पाँच वर्ष नेपाली काँग्रेस रामेछापको नेतृत्व गर्ने छ ।

यी हुने कार्यसमिति पदादिकारीहरु

  1. पार्टीको उप-सभापतिमा नवराज थोकर र लेख बहादुर कार्की 
  2. सचिवमा विनोद कार्की र दीपक खड्का 
  3. सह-सचिवमा कमल योञ्जन र ध्रुव प्रसाद चौलागाई  
  4. सदस्यहरुमा मन्थली नगरपालिकाबाट सुमन्त कुमार कार्की, दिनेश कुमार खड्का र मन्दिरा घिमिरे 
  5. रामेछाप नगरपालिकाबाट गुञ्ज बहादुर कार्की, ढाकल बहादुर थापा र विमला कार्की 
  6. दोरम्बा गाउँपालिकाबाट लब बहादुर थापामगर र अन्जु रजान, 
  7. सुनापति गाउँपालिकाबाट विकेश तामाङ (लामा) र सम्झना घिसिङ,
  8. लिखुतामाकोशी गाउँपालिकाबाट कमल प्रकाश सुनुवार र सुशिला बुढाथोकी,  
  9. खाँडादेवी गाउँपालिकाबाट कमल कार्की र गोमा कार्की, 
  10. गोकुलगंगा गाउँपालिकाबाट सिताराम कार्की र कल्पना (खड्का) कार्की, 
  11. उमाकुण्ड गाउँपालिकाबाट शिव बहादुर बस्नेत र रितादेवी खड्का 
  12. खस आर्य तर्फको महिला सदस्यमा सावित्रा के.सी. र सरस्वती घिमिरे
  13. पुरुष सदस्य तर्फ हिमाल ढुंगेल र नवराज घिमिरे 
  14. जनजाति खुल्ला सदस्य तर्फ दोर्जे लामा, हस्त बहादुर मोक्तान, केशर बहादुर मगर र घन नारायण श्रेष्ठ (घनश्याम) 
  15. महिला सदस्यतर्फ सुनिता मोक्तान, यसदो श्रेष्ठ र डोमा शेर्पा
  16. दलित सदस्यमा संजिव वि।क। 
  17. अल्पसंख्यक वा अपांगता अन्तरगतको सदस्यमा होम बहादुर माझी 
  18. मधेसी तर्फको सदस्यमा राम विलास महतो