दुरागाउँमा कांग्रेस नेताको घरमा आगोलागीः दुई बुढाबुढीको बिचल्ली, ‘रुदै भन्छन् हाम्रो उद्दार गरिदिनुहोस्’

| असोज २३, २०७८ शनिबार

फाइल फोटो: सांकेतिक मात्रै ।
A A A
A A A

२३ असोज,रामेछाप । रामेछापको दुरागाउँमा आगोलागि हुँदा एक घर जलेर नष्ट भएको छ । घरमा बस्दै आएका दुई बुढाबुढीको बिचल्ली भएको छ । 

 

गत बिहिबार बिहान ८ बजेको समयमा लिखु तामाकोसी गाउँपालिका वडा नं १ दुरागाउँ, साबिकको चिउरीडाँडा, ओख्रेनी भन्ने स्थानमा अलैचिको भट्टिबाट सल्किएको आगो घरमा सल्किदा सोही ठाउँका, पुराना कांग्रेस नेता, वडा इकाईका नेता रामबहादुर थापाको घरमा आगो लागेको पीडित थापाले रामेछाप टाइम्सलाई जानकारी दिए ।

 

 
‘हामी दुई बुढाबुढी बस्दै आएको घर, अलैचीको भट्टि सुकाउन बालेको आगो घरमा सल्किएपछि निभाउन खोज्दा खोज्दै पूरै घरमा सल्कियो, फोन गरेर गाउँलेलाई बोलायौं, तर, सबै आउदाँ पनि निभाउन सकिएन, सबै जलेर सकियो । प्रहरी पुग्दा सबै जलेर सकिएको थियो । उनीहरुले भोलीपल्ट आएर क्षेती भएको विवरण लिएर गए थापाले भने ।’


आगो लागिबाट करिब ७ लाख बराबरको क्षेती भएको प्रहरीले सुनाएको थापाले रामेछाप टाइम्सलाई बताए ।


आगोले भुकम्पपछि निर्माण गरिएको दुई कोठे घर जलेको उनले बताए  ।

 


६८ वर्षीय बुढा र ५६ वर्षीय बुढी बस्दै आएको घर जलेर सकिएपछि छिमेकीको बारीमा कटेरो हालेर बस्न थालेको उनले बताए । 

 

‘हामी दुई बुढाबुढीको बिचल्ली भयो, बस्ने ठाउँ पनि छैन। एउटी छोरी शहरतिर छ । हाम्रो बिचल्ली भयो । हाम्रो उद्धार गरिदिनु पर्यो थापाले रुदै रामेछाप टाइम्ससंग भने ।’