चारदिनमा दशै मनाउन करिब ९ हजार जना रामेछाप भित्रिए

| असोज २५, २०७८ सोमबार

फाइल फोटोः मिलन घिमिरे/रामेछाप टाइम्स
A A A
A A A

२५ असोज,रामेछाप । विभिन्न कारण जिल्लाबाहिर गएकाहरु दशै मनाउन हाल सम्म करिब ९ हजार जना रामेछाप भित्रिएका छन् । गत २१ गते घटस्थापनाको दिनदेखि दशैमनाउनको लागि जिल्लाका तीन मुख्य नाकाहरु हुँदै चारदिनको अबदिमा ८ हजार ३ सय ५० जना जिल्ला भित्रिएको जिल्ला प्रहरी कार्यालय रामेछापले रामेछाप टाइम्सलाई जानकारी दिएको छ । ‘२१ गतेदेखि हाल सम्म ८३५० जना  जिल्ला भित्रिएका छन् जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी श्रीशंकर श्रेष्ठले रामेछाप टाइम्ससंग भने ।’

 

 

उनका अनुसार जिल्ला भित्रिने मुख्य नाका सेलेघाटबाट सबैभन्दा धेरै जिल्ला आएका छन् । भने यसका साथै खिम्ति,लुभुघाट बेथानको सित्खा हुदै यात्रुहरु भित्रिएका छन् । 

 

 

सार्वजनिक तथा नीजि सवारी साधनमा गरि सो संख्यामा यात्रुहरु भित्रिएका छन ।


सोमबार सम्म जिल्ला भित्रिने सावरी साधनले यात्रुहरुलाई मार्मा पर्ने कुनै पनि गतिविधि गरेको आफूहरुलाई जनाकारीमा नआएको श्रेष्ठले बताए । ‘राम्रोसंग आवतजावत् भैरहेको छ । त्यस्तो गुनासो छैन । यात्रा सहजै भएको छ, अहिले सम्म ।’


चाड्वाड लक्षित् सुरक्षा योजना अनुसार ठाउँ-ठाउँमा चेकजाँचलाई कडाई गरेको बताउदै यात्रुले सहज् यात्रा गरिरहेको प्रहरीले बताएको हो ।

 

 
यसैबीच जिल्ला सदरमुकाम मन्थलीमा सोमबारदेखि सवारीको चाप बढेको छ । विशेष गरि जिल्ला भित्रिएका सवारी रिजर्भमा आएको देखिन्छ । 
नेपाल यातायातले यात्रुलिएर जिल्ला आएको छ । 
 

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार