रामेछापमा ६ सय भाडा लाग्नेमा एक हजार असूल्ने माइक्रो कारबाहीमाः १५ जना यात्रुको ६ हजार फिर्ता

| असोज २५, २०७८ सोमबार

फोटो स्रोतः जिल्ला प्रहरी कार्यालय रामेछाप
A A A
A A A

२५ असोज,रामेछाप । दशैको मौका छोपेर यात्रुसंग बढी भाडालिने माइक्रोबस कारबाहीमा परेका छ ।

 

 

आज चाडपर्व लक्षित चेकजाँच गर्ने क्रममा काठमाण्डौबाट रामेछापडाँडा सम्म आउदै गरेको बा २ ख १०९२ नम्बरको माईक्रोबसलाई कारबाही गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

 


सो माइक्रोले १५ यात्रुहरुसँग मनलाग्दी भडा असूलेको थियो । उसले निर्धारीत भाडादर रु ६०० रहेकोमा ४०० बढी भाडा बढी असूलेर एक जहार लिएको थियो । १५ जना यात्रुसंग असूलेको कूल ६ हजार रकम यात्रुलाई फिर्ता गराएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

 


साथै उक्त माईक्रोलाई यातायात व्यवस्था ऐन २०४९ को दफा १६० को २ (ख) ९६ बमोजिम दुई हजार जरीवाना  गरिएको छ ।