एकिकृत समाजवादी रामेछापले महिलालाई प्राथामिकता दिदैः गोठगाउँमा तुलमायाँ बनिन् वडा कमिटी अध्यक्ष

| कात्तिक ५, २०७८ शुक्रबार

फाइल फोटो
A A A
A A A

५ कातिक,रामेछाप । एकिकृत समाजवादी पार्टी (एस) गोठगाउँको अध्यक्षमा तुलमायाँ श्रेष्ठ चयन भएकी छन् ।

 

जिल्लामा हाल सम्म गठन भएको पार्टीको वडा अध्यक्षमा पहिलो पकट महिलालाई नेतृत्व दिएको हो । तुलमायाँको नेतृत्वमा रामेछाप नगरपालिका वडा नं १ गोठगाउँमा २१ सदस्यि वडा कमिटी गठन गरेको जिल्ला अध्यक्ष रमेश बस्नेतले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 


उनका अनुसार हाल सम्म मन्थली नगरपालिकाको ३ वटा, रामेछाप नगरपालिकाको एक, लिखु तामाकोशी गाउँपालिकाको एक र खाँडादेवी गाउँपालिकाको एक वडाको नेतृत्व टुङ्गो लागेको छ । 
जसमा मन्थली नगरपालिकाको वडा नं १४, १३, १०,रामेछाप नगरपालिकाको वडा नं १, लिखु तामाकोशी गाउँपालिकाको वडा नं ७ मा समिति गठन गरिएको हो । भने खाँडादेवी गाउँपालिकाको वडा नं ३ मझुवामा समितिले पुर्णता पाएको छ । 

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार