एकिकृत समाजवादी रामेछापको पहिलो जिल्ला कमिटी बैठक भोलीः यी हुन् महत्वपूर्ण एजेण्डा !

| कात्तिक ५, २०७८ शुक्रबार

फाइल फोटो
A A A
A A A

५ कातिक, रामेछाप । एकिकृत समाजवादी पार्टी (एस) रामेछापले पहिलो जिल्ला कमिटी बैठक डाकेको छ । बैठक भोली शनिबार सदरमुकाम मन्थलीमा बस्ने छ । 


बैठकले आगामी मंसिर मसान्त सम्म जिल्लाका वडा कमिटी र पालिका कमिटीलाई कसरी पूर्णता दिने, संगठन बिस्तारलाई कसरी अगाडि बढाउने भन्ने एजेण्डामा छलफल हुने जिल्ला पार्टी अध्यक्ष रमेश बस्नेतले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

‘हामी छलफल गरेर तालिका अनुसार समिति बिस्तार गर्ने, संगठन बिस्तार गर्ने, संगठनलाई मजबुद्ध बाउने लगाएतका एजेण्डा लिएर छलफल गर्दैछौं, केही साथिहरुले हाम्रो वडामा गरिहालौं भनेका वडाहरुमा मात्रै अहिले समिति गठन भएका छन्, भोली बस्ने बैठकले यी सबै विषयमा छलफल गर्छ उनले भने ।’

 

शनिबार एसले जिल्ला कमिटीको पहिलो सचिवालय बैठक डाकेको हो । पछिल्लो समय केन्द्रीय सदस्य एवं जिल्ला ईन्चार्ज देवशंकर पौडेल संगठन बिस्तारमा केन्द्रीत छन् । 
 

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार