आज ६२ वडामा एमालेको अधिवेशन हुदैः तयारी पूरा,सर्वसहमतिमै गर्न पार्टीको निर्देशन

| कात्तिक ६, २०७८ शनिबार

फाइल फोटो
A A A
A A A

६ कातिक, रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आज शनिबार देशब्यापी रुपमा वडा अधिवेशन हुदै छ । रामेछापमा पनि आज एकैसाथ ६२ वटा वडाको अधिवेशन हुदै छ । आठ स्थानीय तह रहेको रामेछापमा ६४ वडा रहेका छन् । २ वडामा अधिवेशन सम्पन्न भैसकेको एमाले रामेछापका अध्यक्ष शान्ति प्रसाद पौडेलले रामेछाप टाइम्सलाई जानकारी दिए ।

 

उनका अनुसार दोरम्बा शैलुङ् गाउँपालिकाका दुई वडामा अधिवेशन सकिएको हो ।  ‘सबै तयारी पूरा भएको छ । एकै साथ बिहान १० बजेदेखि ६२ वडाहरुमा अधिवेशन सुरु हुन्छ, पौडेलले रामेछाप टाइम्ससंग भने ।’


१० औं महाधिवेशन अन्तर्गत हुन लागेको वडा अधिवेशनमा वडा कमिटी ३१ सदस्यीय बन्ने एमालेको बिधानले व्यवस्था गरेको छ । जसमा अध्यक्ष एक , उपाध्यक्ष एक, सचिव एक, उप- सचिव २ रहने छन् । भने अन्य सदस्य हुने छन् ।

 

‘हामी सर्वसहमतिमै समिति गठन गर्ने योजनामा छौं । साथिहरुलाई पनि हामीले भनिसकेका छौं । धेरै वडाहरुमा सहमतिमै हुन्छ । नभएका वडाहरुमा पर्सिसम्मको तालिका तयभएको छ । पालिका अधिवेशन अघि हामीले वडा अधिवेशन सक्नु पर्नेछ । भोली आइतबार र पर्सि सोमबार सम्म गरेर पनि सकाउने छौं अध्यक्ष पौडेलले रामेछाप टाइम्ससंगको कुराकानीमा भने ।’

 


एमालेले आउदो कातिक ९ गते पालिका अधिवेशन गर्दैछ । जिल्लामा करिब ११ हजार संगठित् सदस्य भएको एमाले रामेछापको भनाई छ ।  

 

एमालेले देशभरका करिब ६ हजार ७४३ वडाहरुमा एकैपटक पहिलो अधिवेशन गर्दै छ ।

 

अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल रुपमा उद्घाटन र सम्बोधन गर्ने व्यवस्था मिलाइएको एमालेले जनाएको छ ।

 

गाउँ, नगरपालिका–७५, उपमहानगरपालिका–८५, महानगरपालिका–१०१ सदस्य चुनिनेछन् । एमालेको दशौँ महाधिवेशन आउँदो मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने तय भइसकेको छ ।
 

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार