एमाले वडा अधिवेशनः कठजोरमा कृष्ण गोपाल थापा र नाग्दहमा सोमबहादुर तामाङ् अध्यक्ष

| कात्तिक ६, २०७८ शनिबार

मन्थली नगरपालिका ३ कठजोरमा निर्वाचित् पदादिकारी सपथ खाँदै । तस्विर साभार पुष्कर भट्टराई ।
A A A
A A A

६ कातिक,रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (एमाले) रामेछापको आज देशब्यापरी भैरहेको वडा अधिवेशनको परिणाम आउन थालेको छ । आज एमालेको बाढी पहिरोले असर पारेका जिल्ला बाहेक बसै जिल्लामा वडा तहको अधिवेशन भैरहेको छ । जसमा रामेछापका ६४ वटै वडामा अधिवेशन हुदैछ । केही वडाहरुमा केही दिन अघिनै समिति गठन सर्वसहमितिमै भैसकेको छ । भने आज पनि धेरै ठाउँमा सर्वसहमतिमै समिति गठन भैरहेको नेकपा एमाले रामेछापले जनाएको छ । 

लिखु तामाकोशी गाउँपालिका नाग्दहमा समिति गठनपछि प्रमाणपत्र लिएका एमाले वडा कमिटी । तस्विर स्रोत युनिक बिफा घिसिङ् ।


जसअन्तर्गत रामेछाप टाइम्सलाई प्राप्त जानकारी अनुसार मन्थली नगरपालिका–३ कठजोरमा कृष्ण गोपाल थापाको अध्यक्षतामा सर्वसहमतिमै समिति गठन भएको छ । 

 

त्यस्तै उपाध्यक्ष रमेश बरुवाल, सचिवमा राजकुमार खत्री, सह-सचिवमा मनोज थापा, र बालबहादुर रोका चयन भएका छन् । 


थापाको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी गठन भएको पुष्कर भट्टराइले जानकारी दिए । 

 

त्यस्तै जिल्लाको लिखु तामाकोशी गाउँपालिका वडा नं ५ नाग्दहमा सोमबहादुर तामाङ् सर्वसहमितिमै अध्यक्षमा चयन भएका छन् ।

 

तामाङ्को अध्यक्षतामा समिति गठन भएको त्यहाँ स्थित् पत्रकार युनिक बिफा घिसिङ्ले जानकारी दिए ।

 

उनका अनुसार उपाध्यक्षमा छिरिङ् तामाको, सचिवमा सुब्बा थापा मगर, उप सचिवमा बिदुर् खड्का र सबिता बि.क चयन भएका छन् । 
 

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार