एकिकृत समाजवादी रामेछापले मंसिर १५ गतेभित्र सबै वडा कमिटी र ३० गतेभित्र पालिका कमिटी गठन सक्नेः तोक्यो संयोजक (नामावाली)

| कात्तिक ६, २०७८ शनिबार

फाइल फोटो
A A A
A A A

६ कातिक, रामेछाप । एकिकृत समाजवादी पार्टी (एस) रामेछापले आउँदो मंसिर १५ गतेभित्र ६४ वटै वडा कमिटी गठन गरिसक्ने निर्णय गरेको छ । त्यसपछि १५ दिनभित्र पालिका कमिटी गठन गरिसक्ने पनि निर्णय गरेको हो । आज शनिबार बसेको पहिलो जिल्ला कमिटी सचिवालय बैठकले मंसिर १५ भित्र आठवटै स्थानीय तहभित्रका सबै वडा कमिटी गठन गरिसक्ने र त्यस लगत्तै १५ दिनभित्र आठवटै पालिका कमिटी गठन गर्ने निर्णय गरेको जिल्ला अध्यक्ष रमेश बस्नेतले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

त्यस्तै बैठकले वडा कमिटी गठन गर्न सहज् होस् भन्ने उद्देश्यले आजै ८ वटै पालिकामा संयोजन गर्ने संयोजक पनि तोकेको छ । जसमा मन्थली नगरपालिकामा कृष्ण थापा, रामेछाप नगरपालिकामा श्रीहरि श्रेष्ठलाई जिम्मेवारी दिएको छ । 


त्यस्तै लिखु तामाकोशी गाउँपालिकामा रत्नबहादुर दर्जी, गोकुलगंगा गाउँपालिकामा बलाराम खड्का, उमाकुण्ड गाउँपालिकामा बिकास कार्की, खाँडादेवी गाउँपालिकामा स्वरुपसिंह तामाङ्, सुनापति गाउँपालिकामा दुर्गा घिमिरे र दोरम्बा गाउँपालिकामा पार्टी उपध्यक्ष समेत रहेका धन योञ्जनलाई संयोजकको जिम्मेवारी तोकेको अध्यक्ष बस्नेतले रामेछाप टाइम्सलाई बताए ।

 


पहिलो जिल्ला सचिवालय बैठकले थप ९ जनालाई जिल्ला कमिटीमा थप गर्न सिफारिस गरेको उनले बताए । हाल एस रामेछाप १३५ सदस्यीय रहेको छ । अझै केही महिला कोटा खाली रहेको उनले बताए ।