कर्मचारीनै नभएको अक्सिजन प्लान्ट र पीसीआर मेसिन उत्घाटन्

| कात्तिक ६, २०७८ शनिबार

फाइल फोटो
A A A
A A A

६ कातिक, रामेछाप । जिल्ला अस्पताल रामेछापमा जडान् गरिएको अक्सिजन् प्लान्टको संयुक्त रुपमा उद्घाटन गरिएको छ । शनिबार बागमती प्रदेशका स्वास्थ्य मन्त्री प्रदिप कटुवाल र प्रदेशका वन वातावरण उद्योग तथा पर्यटन मन्त्री शान्ति प्रसाद् पौडेलले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । मन्त्रीद्वयले  उद्घाटन गरेको उक्त प्लान्ट र पीसीआर मेसिन सचालन गर्न कर्मचारी भने छैनन् । मेसिन जडान भए पनि संचालन गर्ने जनशक्ति नहुँदा अस्पतालसंग सम्बन्धीत निकायनै अन्यौलमा छ । 

 

प्रदेश सरकारको आर्थिक सहयोगमा निर्मित् अक्सिजन प्लान्ट र पीसीआर मेसिन संचालन गर्न जनशक्ति भने चाँडै पठाउने उद्घान समहारोलाई सम्बोधन् गर्दै स्वास्थ्य मन्त्री कटुवालले आश्वसन दिए । उनले 'प्रदेश सरकारले संचालन गर्न लागेको अस्पतालमा हामी छिटो भन्दा छिटो जनशक्ति पठाउने छौं भने ।'
 


त्यस्तै प्रदेशका वन, वातावरण उद्योग तथा पर्यटन मन्त्री शान्ति पौडेलले प्रदेश सरकारले प्रदेशबासीको स्वास्थ्यमा ध्यान पुर्याउदै महत्वपूर्ण काम गरेको दाबी गरे । गृह जिल्ला समेत रहेको रामेछापमा बोल्दै मन्त्री पौडेलले नेकपा एमालेको सरकार हुँदा जनस्वास्थ्यको क्षेत्रमा उल्लेख काम भएको दाबी गरे । पीसीआर मेसिन र अक्सिजन प्लान्ट संचालनमा आउनु खुसीको कुरा भएको बताउदै यसले यहाँका जनताको स्वास्थ्यमा टेवा पुर्याउन सम्बन्धीत निकायलाई आग्रह गरे । 

उत्घाटन गर्दै मन्त्रीद्वय

यसैबीच अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रोशन पाख्रिनले भने प्लान्ट र मेसिनहरु जडान भएपनि आवश्यक जनशक्ति नहुँदा अस्पतालले प्रभावकारी रुपमा सेवा प्रवाह नसकेको बताए । उनले जनशक्ति थप गर्न प्रदेश सरकारसँग माग समेत गरे । 


कबिर ९५ प्रतिशत मात्रै काम सकिएको पीसीर मेसिन र अक्सिजन प्लान्ट संचालनमा आए प्रतिदिन ९६ वटा पीसीआर परीक्षण हुने जिल्ला अस्पतालका ल्याब टेक्निसियन राजेश प्रसाद पालले रामेछाप टाइम्सलाई बताए । 

 

उनका अनुसार जिल्लामा निर्माण भएको यो अस्पताल 'ए' ग्रेड्को भएको र उक्त ग्रेड्को मेसिन र प्लान्टलाई संचालन गर्न ३० जना दक्ष जनशक्ति आवश्यक पर्ने छ । ३० जना विभिन्न पदका कर्मचारी भएको खण्डमा २४ सैघण्ट संचालन भएमा यसले प्रतिदिन ९६ जनाको पीसीआर गर्ने छ ।

 

हाल कोरोनाको पीसीआर परीक्षण काठमाडौं, सिन्धुली, दोलखा, धुलिखेल लगाएतका अस्पतालमा पठाइदै आइएको छ। कोरोना महामारीको चपेटमा जिल्लामा पीसीआर मेसिन नहुँदा समस्या हुँदै आएको छ । 
 

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार