यी हुन् गोकुलगंगा गाउँपालिकाका एमाले वडा अध्यक्षहरु

| कात्तिक ७, २०७८ आइतबार

गोकुलगंगा गाउँपालिका ६ वडाका वडा अध्यक्षहरु । तस्विर फाइलः रामेछाप टाइम्स
A A A
A A A

७ कातिक,रामेछाप । एमाले गोकुलगंगा गाउँपालिकाको ६ वडामा समिति गठन सकिएको छ । ६ वटै वडामा सर्वसहमातिमै समिति गठन गरिएको अनेरास्ववियुका बागमती प्रदेश सह-इन्चार्ज  सुजन कार्की रामेछाप टाइम्सलाई जानकारी दिए ।

 

उनका अनुसार वडा नं १ देखि ६ वडा सम्म सबैमा शनिबार सर्वसहमतिमै समिति गठन भएको हो । वडा नं ७ नामाडीमा शनिबार समिति गठन गर्न कुरा नमिल्दा आइतबार आज भुमिराज कार्की र हरि बहादुर खडकाबीच सहमति हुने प्रयास जारी छ । 


शनिबार एमाले रामेछापले आठ स्थानीय तहका ६२ वडामा वडा अधिवेशन गरेको थियो । दुई वडामा केही दिन पहिलेनै समिति गठन सकिएको थियो । 


जिल्लाको रामेछाप नगरपालिकाको वडा नं ४ हिमगंगा, लिखु तामाकोशी गाउँपालिकाको वडा नं ७ तिल्पुङ् र गोकुलगंगा गाउँपालिकाको नामाडीमा शनिबार समिति गठन गर्न नसककिएको जिल्ला पार्टी अध्यक्ष शान्ति प्रसाद पौडेले रामेछाप टाइम्सलाई बताए ।  दोरम्बा र सुनापति गाउँपालिकामा भने सम्पर्क हुन नसकेकोले जानकारी आइनसकेको उनले जानकारी दिए । 

गोकुलगंगा गाउँपालिका अध्यक्षहरु यी हुन् 
वडा न. १ चुचुरेकाम अध्यक्ष उमेश गुवाजु 
वडा न २ ठोसे, अध्यक्ष चेत बहादुर कार्की  
वडा न.३ रस्नालु अध्यक्ष अशोक सुनुवार
वडा न ४ बेतालीका अध्यक्ष शिवसागर खड्का
वडा न.६ फर्पुका अध्यक्ष बद्री केसी
वडा नं ५ भुमिराज कार्की र हरि बहादुर खडकाबीच सहमति हुने प्रयास जारी छ । 

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार