रामेछापमा एकै ब्यक्ति कांग्रेसको उपाध्यक्ष पनि एमाले संगठनको अध्यक्ष पनि !

| कात्तिक ७, २०७८ आइतबार

फाइल फोटो
A A A
A A A

७ कातिक,रामेछाप । रामेछापमा एक ब्यक्ति कांग्रेस र एमालेका छुट्टाछुटै पदमा बसेका छन् । गत भदौ २३ गते भएको नेपाली कांग्रेसको वडा अधिवेशनमा दोरम्बा गाउँपालिका वडा नं ४ गौश्वराका ङिमादोर्जे तामाङ् वडाको उपसभापति बनेका थिए ।

 

 

उनै तामाङ् बिहिबार एक कार्यक्रमकाबीच नेकपा एमालेको भातृ संस्था राष्ट्रिय युबा संघ नेपालको वडा अध्यक्ष बनेको तरुण दल वडा ईकाइका सभापति सागर लामाले रामेछाप टाइम्सलाई जानकारी दिए । उनले ‘भने २३ गते वडामा कांग्रेसको उपसभापति बनेका तामाङ् फेरी अस्ति एमालेको भातृ संस्था युवा संघको वडा अध्यक्ष भएका हो ।’

 

तामाङले कांग्रेस परित्याग गरेको भनी नभनेको बताइएको छ । ‘यो गम्भीर कुरा भयो एकै ब्यक्ति यता पनि उता पनि यो विषयमा पत्रकार सम्मेलन्नै गरेर बाहिर ल्याउने हाम्रो तयारी छ, स्रोतले भन्यो ।’

 

यसबारेमा बुझ्न खोज्दा तामाङ्संग रामेछाप टाइम्सको भने सम्पर्क हुन सकेको छैन् । 

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार