यी हुन् एमाले रामेछापका ६३ वटा वडाका अध्यक्षसहितका पदाधिकारीहरु (नामावाली)

| कात्तिक ७, २०७८ आइतबार

फाइल फोटो
A A A
A A A

७ कातिक,रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (एमाले) रामेछापको ६३ वटा वडाको वडा अधिवेशन सम्पन्न भएको छ ।

 

शनिबार १० औं महाधिवेशन अन्तर्गत् भएको वडा अधिवेशन जिल्लामा सम्पन्न भएको हो । शनिबार एकै दिन जिल्लाका आठवटै स्थानीय तहका ६२ वटा वडामा अधिवेशन भएको थियो । दुई वटा वडामा केही दिन अगाडी अधिवेशन सम्पन्न भैसकेको थियो । शनिबार भएको अधिवेशनमा केही वडाको समिति गठन हुन सकेको थिएन । जुन आइतबार सम्पन्न भएको छ । बाँकि दोरम्बा गाउँपालिका वडा नं १ को भोली सोमबार टुङ्गो लाग्ने बताइएको छ । 


आठ वटै स्थानीय तहमा वडा कमिटी गठन गरेको एमाले रामेछापले सबै वडामा सर्वसहमतिमा नेतृत्व टुङ्गो लगाएको छ ।

 

एमालेको विधान अनुसार वडामा एक अध्यक्ष, एक उपाध्यक्ष, सचिव एक र सहसचिव दुई जना हुने ब्यवस्था छ । सोही अन्तर्गत समिति गठन भएको छ ।


जिल्लामा शान्ति पूर्ण वातावारणमा पार्टीले नेतृत्व चयन गरेको पार्टी अध्यक्ष शान्ति प्रसाद पौडेले आइतबार पत्रकार सम्मेलनमा बताए । उनले जिल्लामा झण्डै १२ हजार क्रियाशिल सदस्य जानकारी दिए । 

नामावाली हेर्नुहोस् ६३ वडाका पदाधिकारीहरुको

स्रोतः एमाले रामेछाप

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार