सामी परियोजनाको समिक्षाः नयाँ ‘मोडालिटी’मा काम गर्न सुझाव, रामेछापमा बिदेशिनेको तथ्याङ्क यस्तो छ ? (तथ्याङ्)

| कात्तिक ८, २०७८ सोमबार

फाइल फोटोः मिलन घिमिरे/रामेछाप टाइम्स
A A A
A A A

८ कातिक,रामेछाप । सुरक्षित बैदेशिक रोजगारीका लागि पत्रकारको भुमिका विषयक अन्तर्क्रिया कार्यक्रम रामेछापमा सम्पन्न भएको छ । आगामी आर्थिक वर्ष ०७९ असार मसान्तदेखि सकिन चरणमा रहेको सामी परियोजना अन्तर्गको परियोजना अब नयाँ ढाँचारमोडलमा आउनु पर्ने छलफलको निश्कर्ष छ । 


२०१४ सालदेखि जिल्लामा बैदेशीक रोजगारीको क्षेत्रमा सुरक्षित यात्रा गर्नु पर्ने, सकेसम्म बैदेशिक रोजगारीमा नजाने, जानै परे सिप सिकेर मात्रै जानु पर्ने लगाएत जानचेतना मूलक काम गर्दै आएको सो परियोजनाले जिल्लाका चारवटा स्थानीय तहमा काम गर्दै आएको छ । 


परियोजनाले बैधानिक रुपमा करिब ५६ लाखभन्दा धेरै नेपालीहरु बैदेशिक रोजगारीमा रहेको तथ्याङ्क सार्वजनिक गरेको छ । अबैधानिक रुपमा यसको ‘डबल’ नेपालीहरु खाडी मुलुकसहितका विभिन्न मुलुकमा रहेको सामीले जनाएको छ । 


नगरपालिकाको आर्थिक सहयोगमा पालिकाको कार्यालयमा भएको गत वर्षको सामीको वार्षिक समिक्षा तथा छलफलमा वैदेशिक रोजगारीमा जानेको संख्या कोरोना महामारीपछि थप बढ्न सक्ने समेत आशंका गरिएको छ । ‘लकडाउनपछि खुलेको प्रशासनमा एमआरपी (पासपोर्ट) बाउनेको भिडलाई हेर्दा पनि हामीले अनुमान् गर्न सक्छौं, अब बिदेशीनेको संख्यामा धेरै वृद्धि हुन्छ, छलफललाई सम्बोधन् गर्दै मन्थली नगरपालिका महाशाखा प्रमुख हेमन्त बुढाथोकीले भने ।’ प्रशासनमा अहिले दैनिक ३० देखि ५० जनासम्म पासपोर्ट बनाउन पुग्ने गरेका छन् । परियोजनाले सुरक्षित बैदेशिक रोजगारीको लागि निकै महत्वपूर्ण भूमिका खेलेको भन्दै परियोजनाले अब नयाँ मोडलबाट काम गर्नु पर्नेमा उनले जोड्दिए । 

भिडिओ हेर्नुहोस्

नेपाल सरकारले रोजगारीको लागि ६ वटा मुलुकसंग श्रमसम्झौता गरेको छ । तर, १७१ देशमा नेपाली श्रमिकहरु अबैधानिक रुपमा काम गर्न पुगेको परियोजाको दाबी छ । नेपालबाट करिब ७४ प्रतिशत भन्दा धेरै अर्ददक्ष कामदाहरु बिदेशिने गरेको उल्लेख छ । भने १.५ प्रतिशत मात्रै दक्ष श्रमिक बैदेशिक रोजगारीमा पुगेको परियोजनाले जनाएको छ । 


नेपालको अर्थतन्त्रको एक बलियो आधारको रुपमा स्थापित बैदेशिक रोजगारी युवा शक्तिहरुको श्रम केन्द्र बनेको छ । गत आर्थिक वर्षमा मात्रै विदेशबाट ९ खर्ब ६१ अर्ब रुपैयाँको रेमिट्यास् नेपाल भित्रिएको छ । रेमिट्यासले नेपालको कूल ग्रहस्था उत्पादनमा २८ प्रतिशत टेवा पुर्याएको परियोजनाको तथ्याङ्कमा छ । यसरी नेपालको अर्थतन्त्रको ठूलो हिस्सा ओगटेको बैदेशिक रोजगारीकै कारण दैनिक ३र४ जना नेपाली श्रमिकहरुको विभिन्न मुलुकमा दुःखद् ज्यान जाने गरेको छ । नेपाली श्रेमिकले विदेशी भूमिमा ज्यान गुमाउने बाध्यात्कम परिस्थितिलाई सुरक्षित यात्रा बनाउन टेवा पुर्याउदै आएको परियोजना हाल नेपालको ३९ जिल्लाको १५६ वटा स्थानीय तहमा संचालित् छ । यो कार्यक्र रामेछापको मन्थली नगरपालिका, उमाकुण्ड, दोरम्बा शैलुङ गाउँपालिका र सुनापति गाउँपालिका लागू भएर काम गर्दै आएको छ । आठ स्थानीय तह रहेको रामेछापमा चारवट स्थानीय स्तरमा यो कार्यक्रम संचालनछ भने चार स्थानीय तहमा विविध कारणले परियोजना संचालन् हुन सकेको छन् ।  

छलफलमा सहभागी पत्रकारहरु, तस्विर मिलन घिमिरे,रामेछाप  
गत दुई आर्थिक वर्षलाई हेर्ने हो तुलनात्मक रुपमा पासपोर्ट बनाउनेको संख्यामा कमिआएको छ । ०७६र७७ मा ३६ सय ५६ जनाले पासपोर्ट बनाएका थिए भने ०७७र०७८ मा २३ सय ६० जनाले पासपोर्ट लिएको तथ्याङ्कले देखाएको छ । यो अबधिमा कोरोना महामारीका कारण बन्दाबन्दीले घटेपनि यो आर्थिक वर्षमा भने यो संख्यामा वृद्धि हुनेदेखिएको परियोजनाले बतायो । चालु आर्थिक वर्षको तीन महिनाको अबधिमा १२ सय ७५ ले पासपोर्ट लिसकेका छन् ।


सामीले बैदेशिक रोजगारीको क्षेत्रमा उल्लेखनिय काम गरेको भन्दै यहाँका स्थानीय सरकारले सामीलाई स्थायी कार्यक्रम बाउनु पर्ने डिप्रोस नेपालका क्षेत्रिय संयोजक सागरबिक्रम बस्नेत माग गरे । उनले वैदेशिक रोजगारीमा गएका नगरिकहरुको सुरक्षाका लागि स्थानीय सरकारले थप अपनत्व लिनको यो परियोजना महत्वपूर्ण रहेको उल्लेख गर्दै स्थानीय सरकारले स्थायी रुपमा परियोजना संचालन गर्नु पर्ने नगरप्रमुख रमेश कुमार बस्नेतसंग माग गरेका हुन् । 

 

त्यस्तै चार स्थानीय तहमा संचालित उक्त परियोजनाले चाडै जिल्लाका सबै स्थानीय तहमा समावेश हुन लागेको हेल्भेटासका कार्यक्रमका संयोजक भोजराज सुनुवारले जानकारी दिए । ८ वर्षदेखि निरन्तर यो क्षेत्रमा काम गरेपनि सोचे जति काम गर्न कठिन् भएको उनले दुखेसो सुनाए । ‘एउटै ढाँचामा कामगर्दा सोचेको जस्तो परिणाम आउन सकेन अब नयाँ ढाँचाले काम गर्ने तयारी भएको छ, उनले भने ।’ 


हालसम्म जिल्लाका ३८ हजार ८३३ पुरुष र ५ हजार ५ सय ७१ जना महिला गरि ४४ हजार ४ सय ४ जनाले श्रमस्वीकृति लिएर रोजगारीका लागि विदेशिएका छन् । युवा शक्ति पछिल्लो समय बिदेशिनु पर्ने बाध्यात्मक परिस्थिति रहेको उल्लेख गर्दै पत्रकारीता क्षेत्रबाट बैदेशिक रोजगारीलाई कसरी सुरक्षित बनाउन भूमिका खेल्नु पर्ने हो रु त्यसको लागि सधैब तयार रहेको सहभागी पत्रकारहरुको प्रतिबद्धता जनाएका थिए । 


क्रममा बोल्दै नगरप्रमुख बस्नेतले सामी परियोजानाको अबधी सकिन लागेकोमा संकेत गर्दै ‘कसैले संचालन गरेन भनेपनि नगरपालिकाले संचालन गर्छ, हामी यसलाई निरन्तर लिएर जान्छौं भने ।’ उनले बैदेशिक रोजगारीमा गएर फर्किएका नगरका केही युवाहरुले गरेको ब्यवसायिक बाख्रा पालनको खुलेरै प्रशंसा गरे । ‘हामी अब बैदेशिक रोजगारीबाट फर्केका युवाहरुको सिपलाई प्रयोग गरेर ब्यवसायिक बन्न तिर लाग्न नगरले भूमिका खैल्छौं ।’

तथ्याङ्क हेर्नुहोस् यस्तो छ ।

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार