‘एकिकृत समाजवादी भ्रष्ट् पार्टी रहेछ, एमालेमै फिर्किएको घोषणा गर्दछु’,स्वघोषित् अभियान्ता थापाः भन्छन् ‘रामेछापमा ठूला भ्रष्टचारका ५२ काण्ड मसंग छ’ (भिडिओ)

| कात्तिक ८, २०७८ सोमबार

फाइल फोटोः मिलन घिमिरे/रामेछाप टाइम्स
A A A
A A A

८ कातिक,रामेछाप । आफूलाई स्वास्घोषित् भ्रष्टचार मुक्त बाउने अभियान्त भन्ने यमबहादुर थापा एमालेमै फर्किएका छन् ।

 

बुधबार आज सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलन आयोजना गरि थापाले आफू एमालेमै फर्किएको घोषणा गरे । लामो समय एमाले कार्यकर्ता रहेका थापा एमालेबाट फुटेर एकिकृत समाजवादी पार्टी बन्द एकिकृत समाजवादीमा गएका थापा जिल्ला कमिटी सचिवालय सदस्य बनेका थिए ।

 

‘एस बनेपछि पहिलो पटक गत बुधबार जिल्ला कमिटी सचिवालय बैठक बस्यो, बैठकमा सहभागि हुँदा त, केपी ओलीको एमालेभित्र खेपेको शासन भन्दा कडा शासन गर्ने वातावरण देखियो, मैले मिटिङ्मै ठाडै बिरोध गरे, अब त्यो ठाउँ मेरो लागि उपयुक्त रहेनछ भन्ने बुझिसके म एमालेमै बस्ने निधो गरे थापाले भने ।’ 

 

‘जन्मेदेखि एमाले-एमाले, म, अब जिवनको अन्त्य सम्म एमाले रहने घोषणा गर्छु, आजकै दिनदेखि अरुपार्टी त्यागेको घोषणा गर्दछु, थापाले दोहोर्याए ।’ 


स्वाघोषित् भ्रष्टचार मुक्त बनाउने अभियानता ठानेका थापाले जिल्लाका आठ स्थानीय तहका जनप्रतिनिधिले गरेका करडौंको भ्रष्टचार काण्ड आफूसंग सप्रमणा रहेको जिकिर गरे ।

 

उनले चाँडै यस्ता ठूला भ्रष्टचारका काण्ड पर्दाफास् गर्न लागेको ठोकूवा गरे ।

 

मन्थली नगरपालिकाको मात्रै चार ठूला भ्रष्टचार भएको प्रमाण आफूसंग रहेको जिकिर गर्दै चाँडै सर्वजनिक गर्न बताए । भ्रष्टचारलाई झुण्डाएर मार्ने कानुन बनाउने आफ्नो टिमनै लागि परेको सुनाए ।


स्वाघोषित् भ्रष्टचारी बिरोधी अभियान्ता थापाले ज्ञानेन्द्र शाही राजावादी भएको समेत खुलासा गरे । केही समयसगै अभियानमा हिडेका थापा शाही राजावादी भएको थाहापाएपछि आफूले शाहीसंगैको हिडेका थापाले बाटो फेरेको बताए । 

भिडिओ 

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार