पार्टीको सधारण सदस्य समेत नरहने गरि निष्काशित् गर्यो यम थापालाई एकिकृत समाजवादीले (विज्ञप्तीसहित)

| कात्तिक ९, २०७८ मंगलबार

फाइल फोटो एकिकृत समाजवादीको कारबाहीमा परेका यमबहादुर थापा । तस्विर मिलन घिमिरे, रामेछाप टाइम्स ।
A A A
A A A

९ कातिक,रामेछाप । सोमबार मात्रै पत्रकार सम्मेलनै गरेर पार्टी परित्याग गरेको घोषणा गरेका यमबहादुर थापालाई एकिकृत समाजवादीले साधारण सदस्य समेत नरहने गरि पार्टीबाट निष्काशन गरेको छ । 

 


लामो समय एमाले कार्यकर्ता रहेका थापा एमालेबाट फुटर एकिकृत समाजवादी (एस) बनेपछि जिल्ला कमिटी सचिवालय सदस्य बनेका थिए ।

 

सचिवालय सदस्य बनेका थापा सोमबार बसेको पहिलो जिल्ला कमिटी बैठकमा सहभागी भए । बैठकमा पार्टीको मर्यादा, नीतिनियम, र आचरण भन्दा बाहिर गएर कम्युनिष्ट बिरोधी गतिविधि गरेको ठहर गर्दै ‘सचिवालय सदस्य यम बहादुर थापालाई साधारण सदस्य समेत नरहने गरि पार्टीबाट निष्काशन गरेको जानकारी गराईन्छ एसका सचिव लालसिं घिसिङ्लाई’ जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ । 

 

 

थापाले सोमबार मन्थलीमा पत्रकार सम्मेलन गरेर एस पार्टी भ्रष्टहरुको समूह भएको भन्दै पार्टी छोडेको घोषणा गरेका थिए । उनी एमालेमै फर्किएको बताएका थिए । 

 

स्रोतका अनुसार थापाले बैठकमा आउदो निर्वाचनमा मन्थली नगरपालिकाको नगरप्रमुखका रुपमा आफूलाई पार्टीको तर्फबाट सोही दिन नगरको प्रमुख घोषणा गर्नु पर्ने भन्दै चर्काचर्की गरेका थिए । 

विज्ञप्ति हेर्नुहोस्

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार