देश सङ्घीयतामा गएपछि बागमती प्रदेशको हिमाली जिल्ला रामेछाप सङ्घीय राजधानीबाट दूरीको हिसाबले नजिकै भए पनि विकासको दृष्टिकोणले पछाडि छ । विकास निर्माणबाट पछाडि परेको रामेछाप बिस्तारै समृद्धिको बाटोमा लम्किँदै छ । धार्मिक, सांस्कृतिक, पर्यटकीय, जातीय, भाषिक र प्राकृतिक सुन्दरताले भरिपूर्ण भए पनि आर्थिक र सही नेतृत्वको हिसाबले सक्षम …नेताÚको हातमा नपर्दा पछाडि परेको पुष्टि हुन्छ । तीनलालको जिल्ला, लिखु, सुनकोशी, तामाकोशी नदी, नुम्बुर हिमाल, पाँच पोखरी, जठ्ठपोखरी, विभिन्न जडिबुट्टी, लोपनुमुख वन्यजन्तुहरू, महाभारतको एक महत्त्वपूर्ण भूमि शैलुङ, तामे डाँडा, शेर्दिङ, देउराली, लगायतका ठाउँ चिर–परिचित छन् । यी ठाउँको सहित प्रचारप्रसार र सही उपयोग हुन सकेको छैन । हाम्रो कलम यिनीहरूलाई अगाडि ल्याउन र विकासमा टेवा पुर्‍याउने माध्यम बनाउन केन्द्रित हुने छ ।

 

गाउँ-गाउँमा रहेको विकृति, विसङ्गतिका विरुद्ध लेख र रचनाको माध्यम (पत्रकारिता) बाट यहाँको विकास निर्माणमा टेवा पुर्‍याउने उद्देश्यको साथ २०७८ साल मंसिर महिना २१ गते रामेछाप टाइम्स मिडिया प्रा.लि दर्ता गरी सोही कम्पनी मार्फत संचालित हुने गरी यस रामेछाप टाइम्स डटकम (Ramechhaptimes.com) र .np अनलाइन सञ्चालनमा ल्याइएको हो । दीर्घकालीन सोचका साथ: सधैँ ताजा र नयाँ समाचार’ भन्ने मूल उद्देश्यका साथ हरेक पलको समाचार, सूचना र जानकारीको लागि रामेछापेलीले टेकेको भूमिसम्म र भूमिका समाचार उनीहरू सम्म पुर्‍याउने उद्देश्य हाम्रो हो । हामी जिल्लाको समग्र विकास निर्माण, प्रगति–द्रुगतीको बारेमा स्वच्छ, निश्चपक्ष र सत्य, तथ्य बाहिर ल्याउन तल्लीन रहेको जानकारी गराउँदछौँ ।

 

हामी पत्रकारीताको माध्यमबाट नैतिक, चारित्रिक र भौतिक विकासको बाटोमा निस्वार्थ कलमको माध्यमबाट सबैमा पुर्‍याउन चहान्छौं । ‘रामेछाप टाइम्स’ शब्द आफैले रामेछापको समय भनेर बुझाउँदछ । र, पुष्टि गर्न चाहान्छौं । जो जिल्लाको हरेक समय, हरेक पल, हरेक ठाउँमा रहन्छ ।

 

हामी पत्रकारीताको आचारसंहिता भित्र रहेर देश र जनताको बोल्ने सूचनाको अधिकारलाई सबैको ओठमा पुर्‍याउने जमर्को गर्ने छौँ । हामी विधि–विधा, पत्रकारिताको आचारसंहिता भित्र रही रामिछापेली जनता र देश बासी सम्म हाम्रो लेख, रचना र खबरदारी, आलोचना, टिप्पणीहरू पुर्‍याउने छौँ । साथै, कानुनी प्रक्रियामा समेत सम्पूर्ण क्षेत्रबाट सुनिश्चित र सचेत छौँ । 

हामीलाई भेट्नुहुने छ । 
Web : ramechhaptimes.com
YouTube : https://www.youtube.com/channel/UC55-sa5zNWxmAgMeOcvyA6Q
Facebook : www.facebook.com/ramechhaptimes
Twitter : https://twitter.com/MilanBk
TikTok : ramechhaptimes

Threads : https://www.threads.net/@rmilan_ghimirey