देश संघीयतामा गएपछि बागमती प्रदेश अन्तर्गत मध्ये हिमाली जिल्ला रामेछाप केन्द्रीय राजधानीबाट दूरीको हिसाबले नजीकै भएपनि विकासको दृष्टिकोणले पछाडि छ । विकास निर्माणबाट पछाडि परेको रामेछाप जिल्ला विस्तारै समृद्धिको बाटोमा लम्किदै छ । धार्मिक, सांस्कृतिक, पर्यटकिय, जातीय, भाषिक र प्राकृतिक सुन्दरताले भरिपूर्ण भएपनि आर्थिक र सहि नेतृत्वको हिसाबले सक्षम नेताको हातमा नपर्दा पछाडि परेको पुष्टि हुन्छ । तीन लालको जिल्ला, लिखु,सुनकोशी, तामाकोशी नदी, नुम्बुर हिमाल, पाँचपोखरी, जेठापोखरी, विभिन्न जडिबुट्टी, लोपनुमुख वन्यजन्तुहरु, महाभारतको एक महत्वपूर्ण भूमि शैलुङ लगाएतका ठाउँ चिरपरिचित् छन् । यी ठाउँको सहित प्रचार र सहि उपयोग भएको छैन् । हुन सकेको छैन् । हाम्रो कलम यीनीहरुलाई अगाडि ल्याउन र विकासमा टेवा पुर्याउने माध्यम बनाउन केन्द्रीत हुने छ ।
गाउँ-गाउँमा रहेको विकृती, विसंगतीका विरुद्ध लेख र रचनाको माध्यम पत्रकारीताबाट यहाँको विकास निर्माणमा टेवा पुर्याउने उदेश्यको साथ २०७८ साल मंसिर महिना २१ गते रोजमा रामेछाप टाइम्स मिडिया प्रा.लि दर्ता गरी सोही कम्पनी मार्फत संचालित हुने गरी यस रामेछाप टाइम्स डटकम (Ramechhaptimes.com) अनलाइन सञ्चालनमा ल्याइएको हो । ‘दीघकालीन सोचका साथ सधै ताजा र नयाँ समाचार’ मुल उद्देश्यका साथ हरेक पलको समाचार, सूचना र जानकारीको लागि रामेछापेलीले टेकेको भूमिसम्म र भुमीका समाचार उनीहरु सम्म पुर्याउने उद्देश्य हाम्रो हो । हामी जिल्लाको सम्रग विकास निर्माण, प्रगती द्रुगतीको बारेमा स्वच्छ, निश्चपक्ष र सत्य, तथ्य बाहिर ल्याउन तल्लिन रहेको जानकारी गराउदछौं ।
हामी पत्रकारीताको माध्यमबाट नैतिक, चारित्रिक र भौतिक विकासको बाटो सुनौलो र घाम जस्तै चम्किलो रहेको सबैमा स्पष्ट पार्न चहान्छौं । ‘रामेछाप टाइम्स’ आफैमा रामेछापको समय भनेर बुझ्दा राम्रो होला भन्ने हामी ठान्छौं । र पुष्टि गर्न चाहान्छौं । जो जिल्लाको रहेक समय, हरेक पल, हरेक ठाउँमा रहन्छ ।
हामी पत्रकारीताको आचरसंहिता भित्र रहेर देश र जनताको बोल्ने सूचनाको अधिकारलाई सबैको ओठमा पुर्याउने जमर्को गर्ने छौं । हामी विधि विधार र कानूनी प्रक्रिया सम्पूर्ण क्षेत्रबाट शुनिश्चित र सचेत छौं ।
हामीलाई भेट्नुहुने छ ।
Web : ramechhaptimes.com
YouTube : https://www.youtube.com/channel/UC55-sa5zNWxmAgMeOcvyA6Q
Facebook : www.facebook.com/ramechhaptimes
Twitter : https://twitter.com/MilanBk