एमाले रामेछापको पालिका अधिवेसन सुरु (फोटोफिचर)

| कात्तिक ९, २०७८ मंगलबार

फाइल फोटो
A A A
A A A

रामेछाप । नेकपा एमाले रामेछापको आज आठवटै स्थानीय तहको अधिवेशन आज एकैसाथ हुदै छ । केही पालिकामा कार्यक्रम सुरु भैसकेको छ । सदरमुकाम समेत रहेको मन्थली नगरपालिकामा सामुदायिक हल मन्थलीमा र्याली सहितको टोली जादै छ ।   

 

१० औं महाधिवेशन अन्तर्गत सोमबारसम्म गरेर वडा अधिवशन सकेको एमाले रामेछापले आज पालिका, नगर अधिवेशन गर्दैछ । करिब ११ हजार सदस्य रहेको एमाले रामेछापले कतिपए पालिकाको नेतृत्व टुङ्गो लगाइ सकेको छ । 


पालिका अधिवेसन सफल बनाउन जिल्लाका ईन्चार्जसहितका नेताहरु पालिका पालिकामा पुगेका छन् । वडा अधिवेशन सर्वसहमतिमै टुङ्ग्याएको एमाले रामेछापले पालिका नगर नेतृत्व पनि सहमतिमै टुङ्ग्याउने बताएको छ । 


आज एमालेले बाढी पहिरोले क्षेती पुर्याएको जिल्ला बाहेकका जिल्लामा एकैसाथ पालिका अधिवेशन गर्दैछ ।

 

अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालय, थापाथलीबाट दिउँसो १ बजे भर्चुअल माध्यमबाट उद्घाटन गर्ने एमालेले जनाएको छ । धेरैजसो जिल्लामा १२ गते वडा अधिवेशन गर्ने तयारी भएको छ ।

 

एमालेले १० औँ राष्ट्रिय महाधिवेशन आउँदो मंसिर १० गतेदेखि १३ गतेसम्म चितवनमा हुँदैछ ।

तस्विर मिलन घिमिरे/रामेछाप टाइम्स